बिरामीमाथि चर्को शुल्क असुल्ने अस्पतालविरुद्ध मुद्दाको तयारी

काठमाडौँ, ५ पुस । अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध मुद्दा चलाउने भएको छ।

अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मूल्य असुलेको पुष्टि भएपछि आपूर्ति व्यवस्थापन तगा उपभोक्ता हित संरक्षण विभागले मुज्ञाको तयारी गरेको हो।

विभागले केही दिनअघि ग्वार्कोमा रहेको बीएण्डबी, धापासीको ग्रान्डी, बाँसबारीमा रहेको न्युरो, बल्खुस्थित बयोधा र थापाथलीस्थित नर्भिक अस्पतालमा अनुगमन गरेको थियो।

बिभागले हाल तिनै अस्पतालहरुविरुद्ध मुद्दा चलाउने तयारी गरेको हो ।

  • आजको कान्तिपुरमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *