एमबीबीएसको पुन: प्रवेश परीक्षामा १६७२ जना परीक्षार्थी गयल

काठमाडौँ, १७ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को हिजो लिइएको एमबीबीएस पुन: प्रवेश परीक्षामा १ हजार ६७२ परीक्षार्थी अनुपस्थित भएका छन् ।  हिजोको परीक्षामा कुल ९ हजार ३० विद्यार्थी सहभागी हुनुपर्नेमा ७ हजार ३५८ जना(१८.५१ प्रतिशत) विद्यार्थी मात्रै सहभागी भएका हुन् ।

आइओएम परीक्षा समिति संयोजक एवं सहायक डीन प्राडा राजेन्द्र गुरागाईँले पुन प्रवेश परीक्षामा १ हजार ६७२ जना परीक्षार्थी अनुपस्थित रहेको बताए । उनले  परीक्षामा हुनसक्ने कडाई, नजिकिएको निर्वाचन, काठमाडौँ विश्वविद्यालयको भर्ना खुलेको अवस्थाका कारणले परीक्षार्थीहरुमा कमी आएको हुनसक्ने आँकलन गरे ।

गत २८ असोजमा लिइएको एमबीबीएस प्रवेश परीक्षामा डिभाईस सहित परीक्षार्थी फेला परेपछि त्रिवि, नेपाल प्रहरी र नेपाल मेडिकल काउन्सिलले छानवीन गरेको थियो ।

तिनवटै निकायको छानवीनबाट परीक्षा रद्ध गर्न सुझाव आएपछि आइओएमले गत ३ मंसिरमा पहिलेको परीक्षा रद्ध गरेको थियो । सो परीक्षा हिजो (१६ मंसिर)मा सञ्चालन भएको थियो ।

प्राडा गुरागाँईले हिजो सम्पन्न परीक्षाको नतिजा केही दिनमै आउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *