प्रमुख विशेषज्ञ भएको तीन दिनमै डा. पौडेल सेवा निबृत्त

1.0k
Shares

काठमाडौँ, ११ मंसिर । तीन दिन अघि  स्वास्थ्य सेवा समूह तर्फबाट बाह्रौँ तहमा बढुवा भएका डा. तरुण पौडेल सेवा निवृत्त भएका छन् । ६० बर्षे उमेर हदका कारण उनी आजबाट सेवा निबृत्त भएका हुन् । उनी निबृत्त भएसंगै स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ पद ( १२ तह) खाली भएको छ ।

सेवा निबृत्त डा पौडेललाई आजै स्वास्थ्य सेवा विभागका कर्मचारीहरुले विदाई समेत गरेका छन् ।

लाइनमा को को छन् ?
स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी आउदो साता सेवा निबृत्त हुँदैछिन् । उनको ६० बर्षे उमेर हद आगामी १८ मंसिर देखि लाग्दैछ ।

त्यसपछि सेवा निबृत्त हुने पालो डा. नरेशप्रताप केसीको छ । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका निर्देशक रहेका डा. केसी आगामी २७ मंसिरमा सेवा निबृत्त हुँदैछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *