आइओएमद्धारा रद्ध भएको एमबीबीएसको प्रवेश परीक्षा १६ मंसिरमा लिने निर्णय

काठमाडौँ, ४ मंसिर । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले हिजो रद्ध गरेको एमबीबीएस प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ ।

आइओएम परीक्षा समितिका अनुसार आगामी १६ मंसिरका दिन शनिबार एमबीबीएसको प्रवेश परीक्षा लिने निर्णय गरेको छ ।

परीक्षा समिति संयोजक एवं सहायक डीन प्राडा राजेन्द्र गुरागाँईले आइतबार रद्ध गरिएको एमबीबीएसको पुन परीक्षा १६ मंसिरमा हुने निर्णय भएको बताए । उनले जाडो महिना भएकोले परीक्षा विहान १० बजेबाट १२ बजेसम्म हुनसक्ने बताए ।

गत असोज २८ गतेको परीक्षामा केही परीक्षार्थीले इलेक्टोनिक डिभाइस प्रयोग गरेको भेटिएपछि सो परीक्षा रद्ध भएको हो । त्यतिवेला १२ जना परीक्षार्थी पक्राउ परेका थिए । प्राडा गुरागाईले त्यतिवेला सहभागी भएकामध्ये पक्राउ परेका परीक्षार्थी बाहेक सबैजना परीक्षामा भागलिन सक्ने बताए । प्रवेश परीक्षा दिने करीब ८ हजार ८ सय छन् ।

आइओएमका डीन प्राडा जगदीश अग्रवालले परीक्षा प्रणालीलाई सुधार गरिएकोले नै अबान्चित गतिविधि सतहमा देखिएको भन्दै यसलाई थप मजबुत बनाउदै लैजाने बताए । ‘हामीले कडाई गरयौँ र पो अनियमितता भेटियो । हामी यसलाई अझ कडाई गर्दछौँ । त्यसका लागि हामीले कुनै कसर बाँकी राख्दैनौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *