पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको नर्सिङ संघद्धारा विरोध

2.5k
Shares

काठमाडौँ, २६ कात्तिक । नेपाल नर्सिङ संघले गत शुक्रबार राष्ट्रपति विद्यादेवीद्धारा पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको विरोध गरेको छ । पारित पछि ऐनको रुपमा कार्यान्वनयमा आउन लागेको सो अध्यादेशले ७० हजार बढी नर्सलाई बेवास्ता गरेको भन्दै विरोध गरेको हो ।

संघका अध्यक्ष प्राध्यापक तारा पोखरेलले यो अध्यादेशले चिकित्सा शिक्षाका लागि नभई केही चिकित्सकहरुलाई फाइदा हुने गरी ल्याइएको भन्दै यसमा आफूहरुको विरोध हुने बताइन् ।

‘चिकित्सकका लागि एमडी एमएस निशुल्क भनिएको छ ? सरकारी कलेजमा ७५ प्रतिशत छात्रबृत्ति भनिएको छ तर अस्पतालमा दिनरात नभनी २४ घण्टा विरामीको सेवामा खटिने नर्सको पक्षमा केही उल्लेख छैन । चिकित्सा शिक्षा भनेर त्यहि १५ हजार चिकित्सकका लागि यसरी एक पक्षीय रुपमा ऐन ल्याइयो तर ७० हजार बढी नर्सहरुलाई बाइपास गरियो । यो हाम्रो लागि आपत्तिको विषय हो ‘ उनले भनिन् ।

उनले एक दुई दिन भित्रै बैठक राखेर चरणवद्ध रुपमा ऐनको विषयमा विरोधमा उत्रने बताइन ।

यता डा गोविन्द केसीले भने ऐन आएपछि चिकित्सा शिक्षाको वेथिति हट्ने भन्दै स्वागत गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *