आफन्तको माग: डाक्टर माथि कारबाही र क्षतिपूर्ति, अस्पताल भन्छ: पहिले छानवीन गरौँ

पोखरा, २० कात्तिक । गण्डकी मेडिकल कलेजको सुत्केरी मृत्यु प्रकरण अझै सेलाएको छैन । मृतकका आफन्तले उपचारमा सम्लग्न चिकित्सकमाथि कारबाही र क्षतिपूर्तिको माग अघि सारेको छ भने अस्पतालले उच्चस्तरीय छावनीन समिति गठन गरेपछि मात्रै बाँकी कार्य अघि बढाउने अडानमा छ । दुबै पक्षको अडानले हिजो दिउसो प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको ४ घण्टा लामो वार्ता निस्कर्षमा पुग्न सकेन ।

गत ११ कात्तिकमा सुत्केरीका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी पुगेकी स्याङ्जा अर्जुनचौपारीकी गीता अर्यालको सुत्केरी भएको एक साता पछि अर्थात गत १७ कात्तिकमा मृत्यु भएको थियो । परिवारका आफन्तहरुले सो मृत्युमा चिकित्सकको लापरबाही बताउँदै आएका छन् । अस्पताल पक्षले भने उपचारमा लापरबाही नभएको दावी गरेको छ ।

मृतकका जेठाजु पर्ने राजन अर्यालले चिकित्सकको लापरबाहीकै कारण सुत्केरीको जिकिर गरे । ‘शल्यक्रिया तथा त्यसपछिको पोष्टअप कियरमा सहभागी चिकित्सककै लापरबाहीले यस्तो भएको उनको आरोप छ । सुत्केरी भएपछि घरी आइसियू घरी भेन्टिलेटर भनियो । औषधि मागियो तर के भईरहेको छ भन्ने कुरा बताइएन । यसले अस्पतालले गडबढी गरेको छ भन्ने पुष्टी हुन्छ,’ उनले भने ।

तर अस्पतालले भने आफन्तले लगाएको आरोपको पुरै खण्डन गरेको छ । अस्पतालका मेडिकल सुपरीटेण्डन्ट डा. टुमाया घले भन्छिन्, ‘चिकित्सकले गर्ने कुनै पनि काममा त्रुटि गरेको छैन । यदि गरेको रहेछ भने कारबाही हुनुपर्छ र त्यो भोग्न हामी तयारै छौँ । त्यसका लागि छानवीन कमिटी गठन गरौँ भन्ने हाम्रो माग हो ।’

डा, घलेले मृतक अर्याललाई सुत्केरीपछि एक्कासी समस्या देखिएको र त्यसको समाधानका लागि आफूहरुले गर्नसक्ने सबै उपाय अपनाएको बताइन । ‘सुत्केरीपछि स्वासप्रस्वासमा कठिनाई भयो र एक्कासी ज्वरो आउन थाल्यो । त्यसपछि हामीले आइसियु भेन्टिलेटर प्रयोग गरयौँ र सबै उपाय लगायौँ तर ज्यान बच्न सकेन । र यो जटिलताका बारेमा हामीले हरेक दिन दुईपटक परिबारलाई काउन्सिलिङ गरिरहेका थियौँ । अहिले उहाँहरु हामीमाथि आरोप लगाउँदै हुनुहुन्छ । यसमा केही राजनीतिक रंग समेत मिसिन थालेको छ,’ डा. घलेले भनिन ।

शिशुको हेरचाह, खर्च मिनाहा र क्षतिपूर्ती माग, अस्पताल भन्छ पहिले छानवीन गरौँ
मृतकका जेठाजुपर्ने अर्यालले चिकित्सक माथि हदैसम्मको कारबाहीको गर्नुपर्ने आफूहरुको मुख्य माग रहेको बताए । त्यसबाहेक शिशुलाई नावालग उमेर १८ बर्षसम्मको हेरचाह अस्पतालले गर्नुपर्ने, उपचार खर्च मिनाहा गर्नुपर्ने माग रहेको बताए । क्षतिपूर्ति कुरा उठेपनि कति भन्ने विषयमा टुंगो लागि नसकेको उनले जानकारी दिए ।

तर अस्पतालका मेसु डा घले प्रश्न गर्छिन् , ‘हामीले गल्ति नै गरेका छैनौँ भने कसरी चिकित्सक माथि कारबाही हुने ? के आधारमा क्षतिपूर्ति दिने ?’ उनले हिजो अपरान्हतिर विरामीको आफन्त बताउने हुलले झ्यालका सिसा तथा कम्युटर फुटाउने प्रयास गरेको बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *