डा. केसीले अनसन तोडे (सहमतिको बुँदासहित)
काठमाडौँ, १ कात्तिक । सरकारसंग १० बुँदे सम्झौँता गर्दै डा गोविन्द केसीले १४ दिन लामो अनसन तोडेका छन् । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री दीपक बोहराको उपस्थितिमा डा केसीले आफ्नो तेह्रौँ अनसन तोडका हुन् ।
यसअघि बालुवाटारमा डा केसी पक्षका प्रतिनिधी र सरकारी पक्षबीच १० बुँदे सम्झौताको खाका तयार गरिएको थियो । सो खाँकामा डा केसीले सहमति जनाएका थिए ।
सम्झौँता अनुसार चिकित्सा शिक्षा विधेयक आगामी ६ मा बस्ने मन्त्रिपरिषदबाट अघि बढाउने सहमति भएको छ । काठमाडौँ नेशनल मेडिकल कलेज सम्वन्धन प्रकरण तथा केयुका पदाधिकारीको बारेमा छानवीन गर्न कमिटि गठन गर्ने लगायतका सहमति भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



