समता हस्पिटललाई जग्गा भाडामा लिइ १०० बेडमा स्तरोन्नती गर्न स्विकृति

1.2k
Shares

काठमाडौँ, २७ असोज ।  सरकारले समता अस्पताललाई ५० बर्षका लागि जग्गा भाडामा लिई १०० बेडको अस्पताल सञ्चालन गर्ने स्विकृति दिएको छ । आजको बसेको मन्त्रिपरिषद्को बैठकले ५० बेडको उक्त अस्पताल गैर नाफामुखी र विशेष प्रकृतिको भन्दै भाडाको जग्गामा स्तरोन्नती गर्ने स्विकृति दिएको हो ।

समताले काठमाडौँको बौद्यमा १० रोपनी जग्गा भाडामा लिएर गतवर्ष देखि ५० बेडको अस्पताल सञ्चालन गर्दै आएको छ । सो अस्पतालमा सय रुपैयाँमै महंगा भनिएका भिडियो एक्सरे, थाइराइड लगायतका परीक्षण गर्ने तथा विशेषज्ञ उपचार सेवा दिने बताएको छ ।

एक सय रुपैयाँमा विद्यार्थी पढाउँदै आएको समताले एक सय रुपैयाँमै नर्स पढाउने योजना अनुसार अस्पताल विस्तार गर्न लागेको जनाएको छ । समताका प्रमुख उत्तम सञ्जेलले एक सय रुपैयाँमै पीसीएल र बीएस्सी नर्सिङ कार्यक्रम चलाउने योजना अनुसार जग्गा भाडामा लिइ अस्तपाल विस्तारका लागि सरकारसंग अनुमति मागेको बताए ।

यता सरकारको विद्यमान नियम अनुसार जग्गा भाडामा लिएर अस्पताल चलाउन पाइदैन । स्वास्थ्य सस्था स्थापना सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धी निर्देशिका २०७० ले अस्पताल सञ्चालन गर्न आफ्नै भवन चाहिने व्यवस्था उल्लेख छ ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सय रुपैयाँमै स्तरीय उपचार सेवा सहित पीसीएल तथा विएस्सी नर्सिङ सञ्चालन गर्ने उद्धेश्यका साथ प्रस्ताव आएपछि विशेष प्रकृतिको अस्पतालको रुपमा जग्गा भाडामा लिइ सञ्चालन गर्न स्विकृति दिएको बताए ।

समताले यसै शैक्षिकबर्ष देखि एक सय रुपैयाँमा पीसीएल र बीएस्सी नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीमा रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *