एनएमएको मागमा ‘उमेर हद’ थपियो, चिकित्सकबाटै विरोध

532
Shares

काठमाडौँ, ८ असोज । पेशागत सुरक्षाको खातिर अस्पताल नै बन्द गरी आन्दोलन गर्दा समेत सहानुभुति पाएको नेपाल चिकित्सक संघ(एनएमए)लाई यतिबमौकामा चौका हान्न खोजेको आरोप लाग्न थालेको छ ।

एनएमएले पेशागत सुरक्षामा केन्द्रीत आन्दोलनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उमेर हद बढाउने प्रस्ताव अघि सारेपछि यस्तो आरोप लागेको हो । एनएमएले गत शुक्रबार जारी विज्ञप्तीमा सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीको उमेर हद ५८ वर्षबाट बढाएर ६५ बर्ष पुरयाउनुपर्ने माग सरकार समक्ष तेस्र्याएको छ ।

एनएमएको यो मागको विषयमा सरकारी चिकित्सक संघले भने आपत्ति जनाएको छ । उसले उमेर हदका विषयमा ल्याइएको यो मागमा सहमति गरे आफूहरुलाई मान्य नहुने स्पष्ट पारेको छ ।

चिकित्सकको लापरबाहीले विरामीको ज्यान गए क्षतिपूर्ति उनीहरुबाटै भराउने नियम बनाउन निर्देशन दिने गत २ असोजको मन्त्रिपरिषदको निर्णय बिरुद्ध एक जुट बनेका चिकित्सकहरु उमेर हदको माग थपेपछि फेरि छितरिएका छन् ।

‘अहिलेको आन्दोलनको उद्धेश्य भनेको पेशागत सुरक्षा हो । उपचार गर्न आउने मृत्युभयो भने आन्दोलन गर्ने र जवरजस्ती चिकित्सकको गल्ती देखाउने र रकम असुल्ने पद्धतीको विरुद्धमा हो । तर एनएमएले उमेर हदको विषय थप्यो । यसमा हाम्रो कुनै हालतमा सहमति छैन’ गोदानका महासचिव डा. रविन खड्काले भने ।

उनले कसैको पदावधी लम्व्याउनका लागि अस्पताल बन्द गरेर आन्दोलन गर्न समेत जायज नठहरिने तर्क राखे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *