वीर अस्पतालबाट ‘डिस्चार्ज’ भए स्वास्थ्य मन्त्री पोखरेल

204
Shares

काठमाडौँ, १८ भदौ । वीर अस्पतालमा एक साता लामो उपचार गराएर स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल आज डिस्चार्ज भएका छन् । चिकित्सकको सल्लाह अनुसार उनी अझै एक साता घरमै आराम गर्नेछन् ।

पहिले देखि नै मधुमेह र प्रोष्टेटको समस्यामा भएको मन्त्री पोखरेललाई भदौको पहिलो साता देखि ज्वरो तथा रुघाखोकी (अप्पर रेस्परेटरी ट्रयाक इन्फेक्सन) ले समाएको थियो । सामान्य स्वास्थ्य उपचारले नभेटेपछि उनी अघिल्लो शनिबार बीर अस्पतालमा भर्ना भएका थिए । भर्ना भएपछि गरिएको थ्रोट स्वाब परीक्षणमा उनमा ‘इन्फ्लुएन्जा ए एच १ एन १’ पोजेटिभ देखिएको थियो ।

त्यस लगत्तै मन्त्री पोखरेललाई चिकित्सकहरुले त्यसपछि इन्फ्लुएन्जाको औषधि चलाएका थिए । ‘धेरैले स्वाइन फ्लु भन्नुभयो । यसलाई अब मौसमी फ्लु भनौँ । सहि नाम दिऔँ,’ मन्त्री पोखरेलले भने, ‘मलाई पनि त्यो फ्लुले भेटेछ अहिले औषधिको कोर्ष पुरा गरिसकेँ ।’

बीरको भिआईपी क्याविनमा रहँदा उनको उपचारमा बरिष्ठ कन्सलटेन्ट फिजिसियन डा सुरेन्द्रलाल श्रेष्ठको नेतृत्वको टोली खटिएको थियो । जसमा चेष्ट फिजिसियन डा अषेश ढुंगाना, इन्डोक्राइनोलोजिष्ट डा मनिलरन्त बज्राचार्य, नेफ्रोलोजिष्ट डा अनिल बराल, कार्डियोलोजिष्ट डा आरके साह, न्युरोलोजिष्ट डा सुनिल कोइराला थिए ।

त्यसबाहेक डा रमेश चोखानी, डा अर्जुन कार्की, डा यादवदेव भट्ट लगायतका बरिष्ठ चिकित्सकसंग समेत उपचारका लागि सहयोग लिएको बीरका कार्यकारी दिर्नेशक डा भुपेन्द्रकुमार बस्नेतले बताए ।

डिस्चार्ज हुनुअघि गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले बीर अस्पतालको सेवा उत्कृष्ठ रहेको पाएको बताए । उनले क्षमतावान चिकित्सक नर्स तथा प्यारामेडिक्स प्रसस्त रहेको भन्दै सरकारी अस्पताल प्रति सकारात्मक धारणा राख्न आग्रह गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *