तराईका दलित बस्तीमा बाढी पीडितको उपचार गर्दै डा. केसी

0
Shares

काठमाडौँ, ९ भदौ । अनसन भर्खरै तंग्रिएका डा. गोविन्द केसी तराईका बाढी पीडितको उपचारमा कस्सिएर लागेका छन् । अस्पतालबाट अस्ति भर्खर डिस्चार्ज भई हिजो विहानै सप्तरी तर्फ हानिएका उनी आफ्ना सहयोगीका साथ पीडितहरुको उपचार र राहत वितरणमा खटिएका हुन् ।

आज मात्रै सप्तरीस्थित कन्चनपुर नगरपालिका – ७ मा रहेको  स्वास्थ्य चौकीमा राखिएको स्वास्थ्य शिविरमा उनी सहित ७ जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । उनीहरुले २५० भन्दा बढीको स्वास्थ्य परीक्षण गरेका थिए ।

डा. केसीको नेतृत्वमा अरु दुई जना डाक्टर र मेडिकल विद्यार्थी सहितको टोलीले बाढी प्रभावित क्षेत्रमा शिविर चलाएको हो । डा केसीको टोलीले खासगरी तराईका पिछडिएका दलितहरु चमार डोम तथा मुसहर जातीको बाहुल्यता भएको स्थानमा शिविर राखेको थियो । त्यहाँ टोलीले हाडजोर्नी, छाला सम्वन्धी, स्वास प्रश्वास, प्रसूति तथा स्त्रीरोग, पेट रोग तथा बालरोग सम्वन्धी परीक्षण साथै निशुल्क औषधि वितरण गरिएको थियो ।

परीक्षणका क्रममा सामान्य देखिएकाहरुलाई औषधि वितरण गर्ने र गम्भीर विरामी भएकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ ।

डा. केसीको टोलीले बाढी प्रभावित व्यक्तिहरुलाई खाद्यान्न तथा लत्ताकपडा समेत वितरण गरेका थिए । डा केसीको टोली भोली सोही नगरपालिका – १ को भैरहवामा पुगेर शिविर सञ्चालन गर्ने योजना छ । डा. केसीलाई सप्तरीमा स्थानीय प्रशासनले प्रहरी सुरक्षाको समेत प्रवन्ध मिलाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *