राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुझा झा

काठमाडौँ, ७ भदौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा नियुक्त भएकी छन् । मंगलबारको स्वास्थ्य मन्त्रीस्तरीय बैठकले निर्देशक राजकुमार महतोलाई बीर अस्पतालमा सरुवा गरि झालाई सो जिम्मेबारी दिने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले यसअघि हिजो मात्रै अरु पाँच जना निर्देशकको जिम्मेबारी हेरफेर गरेका थिए । हेरफेरमा पर्नेहरुमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. विकास देवकोटालाई स्वास्थ्य मन्त्रालयको संघीयता कार्यान्वयन इकाईमा, व्यवस्थापन महाशाखामा आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा भिम सिंह तिंकरी  लाई ल्याइएको छ ।

त्यस्तै आपूर्ति व्यवस्थापन महाशाखामा शुक्रराज हस्पिटलका निर्देशक डा रमेशकुमार खरेल, स्वास्थ्य मन्त्रालयका भोगेन्द्र डोटेललाई पुर्न जागरण महाशाखा र पुर्न जागरण महाशाखाका निर्देशक मोहमद दाउदलाई कुष्टरोग महाशाखाको प्रमुख बनाएका छन् ।

यसअघि नै बीर अस्पतालका डा श्रीकृष्ण गिरीलाई मन्त्रालयको नीति योजना महाशाखामा ल्याइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *