जब स्वास्थ्य मन्त्रीले बालकको हात समाएर नङ काटिदिए ….

महोत्तरी,  ७ भदौ । बाढी प्रभावित क्षेत्रका २६ स्थानमा एकैपटक निशुल्क स्वास्थ्य शिविर हुँदै थियो । प्रमुख अतिथि रहेका स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल शिविर उद्घाटनका लागि लोहारपट्टी गाउपालिका प्रांगणमा तम्तयार थिए ।

प्रमुख अतिथिबाट यस्ता शिविरको उदघाटन गराउँदा कतै रिबन काटेर त कतै औषधि हस्तान्तरण गरेर गर्ने चलन छ । लोहारपट्टीमा पनि त्यस्तै होला भन्ने सोचिएको थियो । तर मन्त्री अघि बढे र भिडबाट एक बालकलाई बोलाई उनको नङ काटिदिए । सबैले तालि बजाए र उदघाटन सकियो ।

बाढी अति प्रभावित क्षेत्रमा देखिनसक्ने महामारीको जोखिम न्युनिकरण गर्न आयोजित स्वास्थ्य शिविरमा बाढीबाट विस्तापित महिला बालबालिका तथा सर्वसाधारणको बाक्लो उपस्थिति छ ।हरेक स्वास्थ्य शिविरमा २ जना विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य कर्मीहरु परीक्षणका लागि खटिएका छन् ।

सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री पोखरेलले यसपटक रोकको निदानका लागि भन्दा पनि बाढी फैलनसक्ने महामारीबाट बच्न सतर्कता अपनाउन शिविरको आयोजना गरिएको बताए ।

उनले सरसफाईमा ध्यान दिन सर्बसाधारणलाई आग्रह गरे । ‘शुद्ध पानी पिउन पर्छ, सरसफाईमा ध्यानु जरुरी छ । हात धोएर खानुपर्छ । नङ काट्नुपर्छ,’ उनले शिविरमा आएकाहरुलाई सम्छिप्त सम्वोधन गर्दै भने, ‘तराईमा किटजन्य रोग र सर्पदंशको समेत समस्या हुनसक्छ यसमा पनि सतर्कता अपनाउनुपर्छ ।’

विहान ९ बजे देखि चलेको शिविर बेलुका ५ बजेसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *