जोन्सन बेबी पाउडरले क्यान्सर भएपछि ….

बीबीसी/ लस एन्जेलस । अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरुको एक इजलासले जोन्सन एण्ड जोन्सन कम्पनीलाई ४१ करोड सात लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा इजलासले उक्त आदेश दिएको हो ।

६३ बर्षीया इवा इकेवेरियालाई दश बर्ष अघि डिम्बासयको क्यान्सर भएको थियो । उनले गुप्ताउनले ११ बर्षको उमेर देखि सो बेबी पाउडर प्रयोग गरेको बताएकी छन् । गुप्तांङको पसिना सोसनका लागि भन्दै लगाइएको सो पाउडरमा मिलाइएको केमिकल्सका कारण आफूलाई क्यान्सर भएको उनले दावी गरेकी छन् ।

उनले पाउडरले क्यान्सर गराउने थाह हुँदा हुँदै पनि त्यसको जानकारी नदिएको भन्दै उत्पादन कम्पनी विरुद्ध मुद्धा दायर गरेकी थिइन । उनको दावीलाई समर्थन गर्दै न्युजर्सी स्थित जोन्सन एण्ड जोन्सनको प्रधानकार्यालयमा विरोध गर्न पुगेका हजारौँ महिलाहरुले पाउडर लगाएपछि डिम्बासयको क्यान्सर भएको दावी गरेका छन् ।

कम्पनीले यो फैसलामा पुर्न विचार गर्न अनुरोध गर्ने योजना बनाइरहेको छ ।कम्पनीका प्रवक्ता क्यारोल गुडरिच भन्छन्, ‘हामी यो फैसला विरुद्ध पुर्न अदालत जाने तयारी गरेका छौँ किनकी हामी विश्वस्त छौँ र विज्ञानलाई मान्छौँ ।’ उनले जोन्सर एण्ड जोन्सन बेबी पाउडरले क्यान्सर भएको भन्ने सवुत अपूर्ण छ ।

त्यसो त कम्पनीले पहिले पनि पाँचवटा मध्ये चारवटा मुद्धा हारिसकेको छ । जसमा करीब ३० करोड डलर अर्थात ३२ अर्व डलर जरिमाना लागि सकेको छ ।

जानकारहरुले यस्तो केशमा दिइएको क्षतिपूर्ति फैसला अहिलेसम्मकै ठूलो बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *