शुक्राणुमा क्षति हुने क्रम तिब्र, मानिसकै अस्तित्व मेटिने चेतावनी

बीबीसी १३ साउन । बैज्ञानिकहरुले पुरुषको शुक्राणुको गिरावट हुनेक्रम तिब्र भइरहेको भन्दै यहि अवस्था रहेमा निकट भविस्यमै मानिसको नामो निसान मेटिने चेतावनी दिएका छन् ।

करीब २ सयवटा विभिन्न अध्ययनहरुको नतिजा पछि बैज्ञानिकहरुले यस्तो बताएका हुन् ।

अनुसन्धानमा सहभागी बैज्ञानिकहरुका अनुसार अमेरिका, युरोप, अष्ट्रेलिया तथा न्युजिल्याण्डका पुरुषहरुमा गएको ४० बर्षमा शुक्राणुको संख्या घटेर आधा कम भएको छ ।उनीहरुले यहि अवस्था कायम रहे केही बर्षमा मानिसको अस्थित्व नै लोप हुनसक्ने दावी गरेका छन् ।

यद्धपी ह्युमन रिप्रोडक्टशन(प्रजनन प्रक्रिया)संग जोडिएको यो नतिजालाई केही विशेषज्ञले शंका व्यक्त विश्वसनीयतमा प्रश्न उठाएका छन् ।
तर अनुसन्धान टोलीको नेतृत्व गरेका डाक्टर हगाई लेविनले अनुसन्धान विश्वसनीय हो भन्दै अध्ययन नतिजाले चिन्तित बनाएको बताए ।
अनुसन्धानकर्ताले सन् १९७३ देखि २०११ सम्म गरिएको १८५ वटा अध्ययनका नतिजा सामेल गरि विश्लेषण गरेका थिए । इपिडिमियोलोजिष्ट समेत रहेका डाक्टर लेविनले यहि दरमा शुक्राणुको पतन हुन थाल्यो भने मानव जाति नै अस्तित्व नै मेटिन सक्ने चेतावी दिन्छन् ।

उनीहरु भन्छन्, ‘यदि हामीले आफ्नो जीवनशैली बदलेनौँ भने आउने भविस्यमा के हुन सक्छ त्यसैको मलाई चिन्ता छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *