हेटौँडा अस्पतालका मेसु डा. सर्वेश शर्मा माथि कार्यकक्षमै मुक्का प्रहार

हेटौडा ९ साउन । हेटौँडा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा सर्वेश शर्मा माथि कार्यकक्षमै मुक्का प्रहार भएको छ ।

उनलाई  विकास समिति अन्तरगर्त नियुक्त भएका अस्पतालकै कर्मचारी रमेश श्रेष्ठले आइतबार ( हिजो) मुक्का प्रहार गरेका हुन् । मुक्का प्रहार गर्ने श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् ।

कम्प्युटर सहायकको रुपमा कार्यरत श्रेष्ठले पछिल्लो समय आफूलाई अस्पतालको स्टोर शाखा हेर्न पाउनुपर्ने भन्दै आएका थिए । मेसु शर्माले ६-६ महिनामा नविकरण गर्नुपर्ने करारको कर्मचारीलाई स्टोरको जिम्मेबारी नदिने अडानमा थिए । सोही कुराले उग्र रुप लिँदा हिजो कार्यकक्षमै मेसु माथि आक्रमण भएको हो ।

‘दिउसो दुई बज्न लागेको थियो, म विरामीको अल्ट्रासाउन्ड गर्दै थिएँ । अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरीले फोन गर्नुभयो । सानो मिटिङ गर्नुपरयो भन्नु भयो । मैले हतार हतार काम सकेर मिटिङका लागि कार्यकक्षमा आएँ । कुरा त्यहि रहेछ श्रेष्ठलाई स्टोर दिनुपरयो भन्ने बारेमा । मैले हुँदैन भने । अघिल्लो मेसुले दिएको थियो । तैले किन दिदैनस् भन्दै म माथि एक्कासी जाई लाग्यो’ डा. शर्माले घटनाबारे बताए ।

उनले  घटनाका बेला अध्यक्ष र उनीसंगै आएका केही विकास समितिका पदाधिकारी तथा कर्मचारी साथमै रहेपनि मुकदर्शक बनेको बताए । ‘करारका कर्मचारीबाट यस्तो दुव्र्यवहार हुन्छ मैले त केही सोच्नै सकेको छैन,’  शर्माले भने ।

उनले घटनापछि प्रहरीलाई जानकारी गराएपछि मात्रै अहिले श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको बताए । उनले घटना पछि आफूलाई शारीरिक र मानसिक रुपमा अप्ठेरो परेको बताए । ‘यसरी कसरी काम गर्न सकिन्छ । कसरी काम लगाउन सकिन्छ ?’ उनले अगाडी भने, ‘म माथि कार्यकक्षमै आक्रमण भयो शारीरिक र मानसिक रुपमै मलाई अप्ठेरो महसुस भएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “हेटौँडा अस्पतालका मेसु डा. सर्वेश शर्मा माथि कार्यकक्षमै मुक्का प्रहार

Leave a Reply to M B Rayamajhi Cancel reply

Your email address will not be published. Required fields are marked *