थर्मलाइटिक्स प्रविधि ‘पहिलो पटक’ नेपालमा भित्रिँदै: स्तन क्यान्सर पहिचानमा नयाँ सम्भावना

काठमाडौं, ३ बैशाख । नेपालमा मात्रै होईन विश्वमै क्यान्सरबाट हुने मृत्युमा स्तन क्यान्सर प्रमुख रुपमा आउँछ । तर समयमै पत्ता लाग्ने र सही उपचार हुन सक्यो भने सफलता दर उच्च हुने विशेषज्ञहरु बताउँछन् ।
उनीहरुले यसका लागि प्रभावकारी रुपमा स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम अघि बढाउन जोड दिदै आएका छन् ।
अब भनेर मात्रै त भएन, स्तन क्यान्सर स्क्रिनिङ कसरी गर्ने ?
त्यसो त विश्वमा स्तन क्यान्सर पहिचानका लागि धेरै अत्याधुनिक प्रविधिहरुको विकास भइसकेको छ । तर नेपाल जस्तो मुलुकमा ती सबै प्रविधिहरुको उपलव्धता नहुँदा आम नागरिकले सास्ती खेप्नु परेको छ ।
यहि अवस्थालाई न्युनिकरण गर्न गैरीधारास्थित एलि ट्रेड प्रालिले आधुनिक प्रविधिमा आधारित स्तन क्यान्सर स्क्रिनिङ गर्ने प्रविधि भित्र्याएको छ ।
एलि ट्रेड प्रालिका प्रबन्ध निर्देशक मधु पौडेलका अनुसार निरामईद्धारा विकसित कृतिम बुद्धिमता(एआई)मा आधारित थर्मलाइटिक्स प्रविधि पहिलो पटक नेपाल भित्र्याएको हो ।
उनका अनुसार थर्मलाइटिक्स प्रविधिले स्तन क्यान्सर स्क्रिनिङलाई सरल, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।
यो प्रणालीले थर्मल इमेजिङ प्रयोग गरेर स्तनमा हुने सूक्ष्म तापक्रम परिवर्तनहरू विश्लेषण गर्छ, जसलाई एआईले अध्ययन गरी प्रारम्भिक चरणमै क्यान्सरका संकेत पहिचान गर्न मद्दत गर्छ। यसबाट परीक्षण प्रक्रिया पूर्ण रूपमा बिना दुखाइ, बिना विकिरण र बिना स्पर्श हुने भएकाले महिलाहरूका लागि अझ सहज र गोपनीय मानिएको छ।
करिब १५ मिनेटमै परीक्षण सम्पन्न हुने यो विधि सबै उमेर समूहका महिलाहरूका लागि उपयुक्त रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि यस प्रविधिले विश्वसनीयता हासिल गरिसकेको छ। ३९ वटा पेटेन्टद्वारा संरक्षित यस प्रणालीले विभिन्न देशहरूमा प्रयोग हुँदै आएको बताइएको छ ।
सीई र आईएसओ लगायतका प्रमाणिकरणहरू प्राप्त गरिसकेको यस प्रविधिले अमेरिकाको एफडीएबाट समेत मान्यता प्राप्त गरेको छ ।
पौडेल नेपालजस्तो भौगोलिक रूपमा विविध र स्वास्थ्य सेवा पहुँच असमान भएको देशका लागि यस्तो पोर्टेबल र कम लागतको प्रविधि विशेष महत्वपूर्ण हुने बताउँछन् । उनी भन्छन्, ‘यसले शहरदेखि गाउँसम्म स्क्रिनिङ सेवा विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। उनी भन्छन्, यदि यस्ता प्रविधिहरूलाई व्यापक रूपमा कार्यान्वयन गर्न सकियो भने हजारौं महिलाहरूको जीवन बचाउन सकिनेछ।’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



