गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
विवादित व्यवसायी दीपक भट्टसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले चैत १३ मा आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरी सोही दिन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



