एक महिना नपुग्दै सञ्चालनमा आयो निशुल्क स्वास्थ्य पोर्टल

विपन्न तथा वेवारिसेको उपचारका लागि देशभर ९४० निशुल्क शैय्या, हाल प्रयोगमा आएको ८ मात्रै

24
Shares

काठमाडौँ, ६ बैशाख । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको १३ चैतमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका १०० बुँदा तयार गरी १०० दिन भित्र लागू गर्ने निर्णय गरेको थियो ।

१४ चैतका दिन ती बुँदाहरु सार्वजनिक भए । स्वास्थ्य तर्फ एउटा बुँदा थियो ‘सरकारी तथा निजी अस्पतालहरुमा विपन्न तथा वेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या उपलव्ध गराउने र सेवा उपलव्धताको विवरण रियल टाइम अनुगमनका लागि फ्रि हेल्थ पोर्टल विकास गरी ३० दिन भित्र देशभर लागू गर्ने ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मामा रहेको यो काम सुरु गर्न ३० दिन कुर्न परेन । मन्त्रालयले २० दिनमै फ्रि हेल्थ पोर्टल तयार गरी रियल टाइम विवरण उपलव्ध गराउन थालिसकेको छ ।

मन्त्रालयले तयार पारेको पोर्टलमा अहिलेसम्म ६२ वटा निजी तथा सरकारी अस्पतालहरुले कुल शैय्या, निशुल्कका लागि छुट्याइएको १० प्रतिशत शैय्या त्यसको प्रयोगको भएको नभएको विवरण समेत उपलव्ध गराएका छन् ।

अझ अस्पतालहरुले निशुल्क सेवा लिनका लागि सहजीकरण गर्नका लागि मोवाइल नम्बर सहित सम्पर्क व्यक्ति तोकेका छन् ।

अहिलेसम्म उपलव्ध विवरणमा कुल शैय्याको संख्या ७ हजार ८४३ उपलव्ध छ । त्यसको १० प्रतिशतमा ९४० शैय्या रहेको विवरणमा उल्लेख छ । तर प्रयोगमा रहेको संख्या भने ८ मात्रै रहेको छ । ९३२ निशुल्क शैय्या अहिले प्रयोगमा आएको छैन ।

यहाँ क्लिक गरेर  हेर्नुहोस फ्रि हेल्थ पोर्टल ? कुन अस्पतालमा कति शैय्या निशुल्क उपलव्ध छ ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *