स्वास्थ्यमा सरुवा :

स्वास्थ्यमा एघारौँ तहका ७ जना अधिकृतहरुको सरुवा, मन्त्रालयका महाशाखा प्रमुखहरु सबै नयाँ

3.6k
Shares

काठमाडौँ, ३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका अधिकृतहरुको सरुवा तथा पदस्थापन, सरुवा तथा काज फिर्ता गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा, पदस्थापन तथा काज फिर्ता गर्ने निर्णय गरेकी हुन् ।

स्रोतका अनुसार मन्त्रालयको तीनवटा महाशाखामा प्रमुखहरु फेरिएका छन् । मन्त्रालय भित्रिनेमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा गुणनिधि शर्मा छन् । यद्धपी उनीहरुलाई कुन कुन महाशाखाको जिम्मेवारी दिने भन्ने अझै टुंगो लागेको छैन ।

मन्त्रालयको नीति योजना महाशाखामा रहेका डा चुमनलाल दासको नारायणी अस्पताल पर्सामा काज फिर्ता भएको छ । यस्तै स्वास्थ्य समन्वयमा रहेका डा भीम सापकोटालाई हेटौडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा सरोज शर्माको वीर अस्पतालमै काज फिर्ता भएको छ ।

उता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक रहेका डा कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।

यद्धपी उनी अहिले बोर्डको कार्याकारी निर्देशकको भूमिकामा रहेको कारण तत्कालका लागि त्यहि रहेर काम गर्न भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *