यी हुन् एघारौँ तहको लिखित परीक्षामा पास गर्ने दुई डाक्टर
काठमाडौँ ९ असार । लोकसेवा आयोगले स्वास्थ्य सेवा मेडिसिन समूह नेफ्रोलोजी उपसमूह प्रमुख कन्सलटेन्ट नेफ्रोलोजिष्ट पद एघारौँ तहमा रिक्त एक पदका लागि लिएको लिखित परीक्षामा दुई जना चिकित्सकले नाम निकालेका छन् ।
नाम निकाल्ने चिकित्सकहरुमा डा. रजनी हाडा र डा. सागरकुमार दुवाल श्रेष्ठ रहेका छन् । आयोगले नाम निकाल्न सफल दुबै उमेद्धारलाई सात दिन भित्र उपस्थित भई आवश्यक प्रमाणपत्रहरु पेश गर्न भनेको छ ।
तर आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुनका लागि मागिएको दरखास्तमा कसैको पनि निवेदन परेन । आन्तरिक तर्फ २ वटा पद रिक्त थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



