नेपाल मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

काठमाडौँ, २ असोज । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नवनियुक्त सदस्यहरूमा डा गोपाल कुमार चौधरी, डा प्रतिभा बिष्ट रोका, डा श्यामेन्द्र बहादुर सिंह, डा बोध विक्रम कार्की र डा सुभित मास्के रहेका छन् ।
नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



