जनकपुरमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

0
Shares

काठमाडौँ, २ असोज । नेपाल चिकित्सक संघले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत आजीवन सदस्य डा. सरोज साहमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अमानवीय तथा निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बिहीबार कार्यथलोमा ड्युटीमा रहेकै अवस्थामा डा. साहमाथि बिरामीका आफन्त लगायतको समूहले सांघातिक आक्रमण गरेको थियो।

देशका विभिन्न स्थानमा स्वास्थ्य सेवामा निरन्तर समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पटक(पटक यस्ता आपराधिक घटना व्यहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

यस्ता गतिविधिले चिकित्सकहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुऱ्याएको संघले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *