श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका १४ जनाको उपचार टेकु अस्पतालमा

0
Shares

काठमाडौँ, ११ जेठ । श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका धादिङ आदमटार ६ का स्थानीय १४ जनाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भईरहेको छ । मंगलबार बेलुकाबाट विरामी परेपनि उनीहरुलाई बुधबार अपरान्ह ४ बजेमात्रै काठमाडौँ ल्याइपुरयाइएको थियो ।

टेकु अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले विरामी सबैलाई ग्यास्ट्रो वार्डमा भर्ना गरि उपचार भईरहेको र सबैको अवस्था सुधारोन्मुख भएको बताए ।

भर्ना भएका १४ जना मध्ये १० जना महिला र चार जना पुरुष रहेका छन् । अस्पतालले कम्तीमा १२ बर्ष देखि बढीमा ४५ बर्षका विरामीहरु रहेको जानकारी दिएको छ । निर्देशक डा खरेलले भर्ना भएका सबैलाई फुडपोईजनिङको उपचार भईरहेको बताए ।

अस्पतालमा भर्ना भएकाहरुको नामावली यसप्रकार छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका १४ जनाको उपचार टेकु अस्पतालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *