टेकु अस्पतालमा थपिए बिरामी, भर्ना हुनेको संख्या ५४ पुग्यो

काठमाडौँ, १२ जेठ । श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना हुनेको संख्या ५४ पुगेको छ । गय राती पौने ११ बजे तीन जना र आज विहानै २ बजे थप २९ जना थपिएपछि विरामीको संख्या ५४ पुगेको हो ।

धादिङ आदमटार – ६ का एक स्थानीयको घरमा गत ९ जेठमा भएको श्राद्धको प्रसाद खान पुगेका छिमेकी तथा आफन्तहरु सबै जसो विरामी भएका छन् । ज्वरो, झाडा बान्ता तथा पेटदुख्ने समस्याबाट गम्भीर विरामी परेपछि सबैजनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको हो ।

अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले ९ जनालाई अव्जरभेसन वार्डमा राखिएको र बाँकी ४५ जनालाई भर्ना गरि उपचारभइरहेको बताए । उनका अनुसार विरामीहरुले बोडीको तरकारी खाएपछि विरामी परेका हुन् ।

त्यो बोडी विउका लागि राखिएको र किराले नखावोस भनेर विषादी हालिएको हुनसक्के अधिकांश विरामीको अनुमान छ । तर त्यसमा के विषादी हालिएको थियो भन्ने कसैले भन्न सकेका छैनन् ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले फुड पोइजनिग काकारण एकैपटक ठूलोसंख्यामा विरामी परेको बताए । उनले विषादी हो कि व्याक्टेरियाले हो भन्ने कुरा छानवीन पछि मात्रै भन्न सकिने जानकारी दिए । इकोलाईको कारणले हो कि भन्ने शंका गर्न पनि सकिन्छ । उनले भने यद्धपी त्यसको छानवीन भईसकेको छैन । उनले भने ।

अन्य अस्पतालको तुलनामा कम विरामी आउने शुक्रराज अहिले भने एकैपटक ५४ जना विरामी आएका छन् । ती सबैलाई राम्रोसंग हेन्डिल गरिएको छ । अस्पताल अव सक्षम बनेको छ । निर्देशक खरेलले दावी गरे ।

यो पनि हेर्नुहोस्…….

श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी भई टेकु अस्पतालमा भर्ना हुनेको संख्या २२ पुग्यो

श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका १४ जनाको उपचार टेकु अस्पतालमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *