श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी भई टेकु अस्पतालमा भर्ना हुनेको संख्या २२ पुग्यो

काठमाडौँ, ११ जेठ । श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना हुनेको संख्या २२ पुगेको छ । हिजो आकस्मिक कक्षमा भर्ना भएका १४ बाहेक आज ८ जना थपिएपछि विरामीको संख्या २२ पुगेको हो ।

आज थपिएका विरामीहरुमा ८ बर्षकी अन्जीला आचार्य, १२ बर्षका उज्वल आचार्य, ९ बर्षकी रोशनी माझी र ७ बर्षका पुस्कर आचार्य छन् । त्यसै गरी २० बर्षकी प्रमिला दाहाल, ४५ बर्षकी यसोधा दाहाल, ४२ बर्षका इन्द्रबहादुर पाण्डे र २६ बर्षका किरण वस्ती पनि विरामी परि आज टेकु अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले अन्जीला, उज्वल र रोशनी माझी सितापाइलास्थित मनमोहन अस्पतालबाट र पुस्कर गल्छी अस्पतालबाट रिफर भएर आएको बताए ।

मंगलबार बेलुकाबाट विरामी परेपनि उनीहरुलाई बुधबार अपरान्ह ४ बजेमात्रै काठमाडौँ ल्याइपुरयाइएको थियो ।विरामी सबैलाई ग्यास्ट्रो वार्डमा भर्ना गरि उपचार भईरहेको छ । निर्देशक डा खरेलले भर्ना भएका सबैलाई फुडपोईजनिङको उपचार भईरहेको बताए ।

यो पनि हेर्नुहोस् …….

श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका १४ जनाको उपचार टेकु अस्पतालमा


One thought on “श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी भई टेकु अस्पतालमा भर्ना हुनेको संख्या २२ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *