शिक्षण अस्पतालको उपहार : प्राय जसो शनिबार !

काठमाडौँ, ९ जेठ । तपाईँलाई लाग्ला यो कालो धुवाँको मुस्लो पक्कै कुनै रबर उद्योग वा इटा भट्टाबाट आएको हो । यदि त्यस्तो सोच्दै हुनुहुन्छ भने त्यो गलत । यो त देशकै सबैभन्दा ठूलो अस्पताल त्रिवि शिक्षण अस्पताल परिषरबाट निस्केको धुँवा हो ।

अस्पतालको बाल रोग विभाग, प्रसूति तथा स्त्रीरोग विभागसंगै जोडिएको फोहर व्यवस्थापन केन्द्र (इन्सीनेरेटर)बाट अस्पतालजन्य फोहर व्यवस्थापन गर्दा निस्कने हानीकारक धुवाले बार्डमा उपचाररत बालबालिका, नवजात शिशु, सुत्केरी महिला तथा गर्भवति महिलाहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।

पहिले फोहर व्यवस्थापन केन्द्र अस्पतालको छेउमा राखिएको थियो तर अहिले अस्पतालको विस्तार हुँदै जाँदा यो बीचमा रहेको छ । हरेक दिन जसो धुवा निस्कने यसठाँउबाट शनिबार अझ् बढी धुवाँ निस्कन्छ ।

चिकित्सकहरुले फोहर व्यवस्थापन गर्ने स्थान परिवर्तन गर्न अस्पताल प्रशासनलाई पटक पटक आग्रह गरेपनि अहिलेसम्म त्यसको सुनुवाई नभएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *