स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा. अञ्जनीकुमार झा
काठमाडौँ, १७ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कार्यसमिति फेरिएको छ । आज बसेको मन्त्री परिषदको बैठकले डा अञ्जनीकुमार झालाई अध्यक्षमा नियुक्त गरेको छ । डा झा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष हुन ।
बैठकले परिषदको उपाध्यक्षमा डा भोजराज अधिकारी र सदस्यसचिवमा डा हरि ढकाललाई नियुक्त गरेको छ । सदस्यहरुमा डा. श्याम विक, डा. मधु दीक्षित देवकोटा, डा. सन्ध्या चापागाईं, डा. वैकुण्ठ रेग्मी र डा. योगेश न्यौपानेलाई नियुक्त भएका छन् ।
यसअघिका पदाधिकारीहरुको नियुक्ति मापदण्ड नमिलेको भन्दै अख्तियारले प्रश्न उठाएपछि मन्त्रालयले नयाँ मापदण्ड बनाएको थियो । सो मापदण्ड अनुसार नयाँ पदाधिकारी नियुक्त गरिएको मन्त्रालयको दावी छ ।
सम्पर्क इमेल : [email protected]