स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा. अञ्जनीकुमार झा

476
Shares


काठमाडौँ, १७ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कार्यसमिति फेरिएको छ । आज बसेको मन्त्री परिषदको बैठकले डा अञ्जनीकुमार झालाई अध्यक्षमा नियुक्त गरेको छ । डा झा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष हुन ।

बैठकले परिषदको उपाध्यक्षमा डा भोजराज अधिकारी र सदस्यसचिवमा डा हरि ढकाललाई नियुक्त गरेको छ । सदस्यहरुमा डा. श्याम विक, डा. मधु दीक्षित देवकोटा, डा. सन्ध्या चापागाईं, डा. वैकुण्ठ रेग्मी र डा. योगेश न्यौपानेलाई नियुक्त भएका छन् ।

यसअघिका पदाधिकारीहरुको नियुक्ति मापदण्ड नमिलेको भन्दै अख्तियारले प्रश्न उठाएपछि मन्त्रालयले नयाँ मापदण्ड बनाएको थियो । सो मापदण्ड अनुसार नयाँ पदाधिकारी नियुक्त गरिएको मन्त्रालयको दावी छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *