सरकारी अस्पतालमा जन्मिने नवजात शिशुलाई एक ग्राम सुनको औँठी !

0
Shares

एजेन्सी, ३ असोज । भारतको तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने नवजात शिशुका लागि एक ग्राम सुनको औँठी प्रदान गर्ने योजना सुरु गर्ने भएको छ।

‘थाईमामन थंगा मोथिरा थिट्टम’ अर्थात् ‘मामाको सुनको औंठी योजना’ नाम दिइएको कार्यक्रमको औपचारिक शुभारम्भ २८ सेप्टेम्बर २०२६ मा गरिने भएको हो।

तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले उक्त योजनाको औपचारिक शुभारम्भ गर्ने जनाइएको छ।

योजनाअन्तर्गत सरकारी अस्पतालमा जन्मिने नवजात शिशुलाई एक ग्राम तौलको सुनको औंठी प्रदान गरिनेछ।

सरकारले नवजात शिशु र परिवारलाई लक्षित गर्दै ल्याएको यो कार्यक्रम सामाजिक तथा कल्याणकारी योजनाका रूपमा अघि बढाइएको हो।

योजनामार्फत सरकारी स्वास्थ्य संस्थामा हुने प्रसूति तथा नवजात शिशुको जन्मलाई प्रोत्साहन गर्ने र परिवारसँग राज्यको कल्याणकारी कार्यक्रमको सम्बन्ध थप बलियो बनाउने उद्देश्य रहेको जनाइएको छ।

२८ सेप्टेम्बरमा हुने औपचारिक शुभारम्भपछि योजनाको कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *