नयाँ बर्षको पहिलो दिन ३ लाख ९५ हजार शिशुको जन्म, सबैभन्दा बढी भारतमा त्यसपछि चीनमा

एजेन्सी । सन् २०१९ को पहिलो दिन संसारभर ३ लाख ९५ हजार शिशुहरुको जन्म भएको छ । भारतमा यहि दिन जन्मने शिशुको संख्या ७० हजार भएको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।

युनिसेफका अनुसार जनवरी १ का दिन संसारभर ३ लाख ९५ हजार ७२ जनाको जन्म भएको थियो । त्यसमध्ये आधा भन्दा बढी जन्म भारत, चीन, पाकिस्तान, अमेरिका, र बंगलादेश लगायातका आठ देशमा भएको अनुमान छ ।

भारत पहिलो चीन दोस्रो

भारत एक दिनमा सबैभन्दा बढी बच्चा जन्माउने संसारकै पहिलो मुलुक हो । त्यहाँ नयाँ बर्षको पहिलो दिन ६९ हजार ९४४ शिशुको जन्म भएको अनुमान छ । त्यसपछि बढी शिशु जन्माउने चीन मानिन्छ ।

युनिसेफका अनुसार जनवरी १ का दिन चीनमा ४४ हजार ९४० जना शिशुको जन्म भएको अनुमान छ । तेस्रो नम्बरमा नाइजेरिया रहेको छ । त्यहाँ २५ हजार ६८५ जनाको जन्म भएको अनुमान छ ।

यस्तै पाकिसनमा सोही दिन १५ हजार ११२ जना, इन्डोनेसियामा १३ हजार २५६ जना र अमेरिकामा ११ हजार ८६ जना शिशु जन्मेको अनुमान छ । यस्तै अप्रिकीमुलुक कंगोमा १० हजार ५३ जना र दक्षिण एसियाली अर्को राष्ट्र बंगलादेशमा ८ हजार ४२८ जना शिशुको जन्म भएको अनुमान छ ।

युनिसेफका अनुसार नयाँ बर्ष लाग्नासाथ सबैभन्दा पहिलो शिशु फिजीमा जन्मेको थियो । सो दिनको अन्तिम बच्चा अमेरिकामा जन्मेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *