निजी क्षेत्रसंग जोडिएका ६५ प्रतिशत डाक्टरले क्षयरोग पत्ता लगाउनै सकेनन् !

नयाँ दिल्ली १७ असोज । भारतका निजी अस्पतालमा कार्यरत कैयौँ डाक्टर क्षयरोगको लक्षण पत्ता लगाउन समेत असफल भएका छन । यसले विरामीको सहि उपचार हुनेमा शंका व्यक्त गरिएको छ ।

भारतमा क्षयरोग तुलनात्मक रुपमा कम नभएपछि मेकलिग युनिर्भर्सिटी, विश्व बैंक र जोन हप्किन्स युनिभर्सिटीका २४ जना अनुसन्धानकर्ताहरुले रोग पहिचानमा खटिने १२८८ जना निजी क्षेत्रमा कार्यरत डाक्टरहरुको क्षमताको अनुसन्धान गरेका थिए ।

सन् २०१४ देखि २०१५ बीचको १० महिनामा गरिएको उक्त अनुसन्धानले करीब ६५ प्रतिशत डाक्टरले क्षयरोगको पहिचान गर्न नै असफल बने ।

रोग पहिचान गर्ने क्षमता जाँच गर्न २४ जना अनुसन्धानकर्ताहरु नक्कली बिरामी बनेर १२८८ जना डाक्टरसम्म पुगेका थिए । त्यसैबाट उनीहरुले डाक्टरकै क्षमताको परीक्षण गरेका थिए ।

उक्त अनुसन्धान मुम्बई महानगर र पूर्वी पटनामा गरिएको थियो । अनुन्धानकर्ताहरुको परीक्षण गर्ने ती डाक्टरहरु केही परम्परागत उपचार गर्ने र केही आधुनिक उपचार गर्ने लाइसेन्सवाला डाक्टरहरु थिए ।

हावाबाट फैलने क्षयरोग भारतमा समेत जनस्वास्थ्यको महत्वपूर्ण मुद्धा बनेको छ ।यस सम्वन्धी प्रतिवेदन पीएलओ मेडिसिन पत्रिकामा प्रकाशित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *