इबोलाका कारण थप दशको मृत्यु

बेनी, कङ्गो, २६ साउन । लोकतान्त्रीक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ विरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद विरामीहरु भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद विरामी भेटिएको अधिकारीहरूले जनाएका छन् ।

सन् १९७६ देखि कङ्गोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कङ्गो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो ।

अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ ।

कङ्गोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *