डिप्रेशन, यसको जटिलता र व्यवस्थापन

- नेपाली हेल्थ
– सन्तोष लामिछाने

डिप्रेशन एक जटिल मानसिक रोग हो, जो धेरै मानिसहरुमा हुनसक्छ। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) पछिल्लो तथ्यांकले विश्वभर करीब हसाढे तीन करोड मानिसहरु डिप्रेशनबाट प्रभावित भएको देखाएको छ भने बार्षिक रुपमा करीब ८० हजार मानिसको ज्यान जाने गरेको छ ।

त्यसो त डव्लुएचओले सन् २००४ मा युनिपोलर डिप्रेशिभ डिसअर्डर लाई तेस्रो ठूलो प्राणघातक रोगहरुको सूचीमा राखेको थियो । डव्लुएचओले डिप्रेशनलाई अहिलेको अवस्थाबाट तत्काल सुधार गर्न सकिएन भने सन् २०३० सम्म यो समस्या पहिलो नम्बरमा पुग्ने भविस्यवाँणी गरेको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार डिप्रेशनबाट संसारभर पुरुषभन्दा महिला दुई गुणाले बढी शिकार हुने गरेको पाइएको छ । मस्तिस्कमा न्युरो टान्समिटरले सहि ढंगले काम नगरेमा अथवा धेरै चिन्ता, तनावको कारण शरीरमा हर्मोनको मात्रा गडबढी हुन गएमा डिप्रेशन हुन्छ ।

सन् २०१७ मा विभिन्न १० वटा देशलाई आधार मानि गरिएको मेन्टल हेल्थ सर्भेले हरेक संसारका हरेक २० मध्ये एक जनामा डिप्रेशन भएको निष्कर्ष निकालेको थियो ।

यस्तै १७७ वटा देशमा गरिएको अर्को सर्भेक्षणले हिन्द महासागर वरिपरि रहेका देशहरुमा डिप्रेशनको अवस्था ज्यादै डरलाग्दो रहेको देखाएको छ । श्रीलंका, दक्षिण कोरिया, भारत, भुटान, चीन र नेपाल क्रमश पहिलो चौथो तीसौँ, त्रिपन्नौँ, अठसठ्ठी औँ १ सय २५ औँ स्थानमा पर्दछ । सो तथ्यांकलाई आधार मानेर हेर्दा हामी नेपालीहरु छिमेकी भन्दा केही पछि परेपनि सन्तुष्ठ हुने अवस्था भने पक्कै छैन ।

विगतमा पनि नेपालको दशवर्षे जनयुद्धले विस्थापित भएका मानिसहरुमा डिप्रेशन बृद्धि भएको तितो तथ्य सार्वजनिक भएको थियो ।

यस्तै सामाजिक आर्थिक कारण मात्रै नभई भड्किलो जीवनशैलीका कारण पनि यो समस्या दिनानुदिन बढदै गएको विज्ञहरुले औल्याएका छन् । खराव बालापन, कार्यव्यस्तता, धेरै मात्रामा रक्सी चुरोट सेवन, आर्थिक भार र निरासाबादी आदि कारणले गर्दा नेपालमा समेत हिजो आज आत्महत्या गर्ने दर बढी रहेको देखिन्छ ।

नेपाली समाजमा अहिले पनि मानसिक रोगबाट ग्रसित मानिसहरुलाई पागलको संज्ञा दिइन्छ । जसले गर्दा विरामीको आत्मबल कमी हुने, निरासा बढदै जाने र अन्तमा आत्महत्याको हदसम्म पुग्ने बाताबरण बन्ने गरेको छ ।

Depression

नेपालमा डिप्रेशन रोगको मुख्य कारणहरुमा पारिवारिक कलह, कार्य असफल हुनु, श्रीमान विदेशिनु, प्रेम वियोग , आफन्त वा नजिकको मासिन मर्नु, , व्यापारमा नोक्सानी , हुनु बेरोजगारी हुनु, गार्जेनशीप नपाउनु, राजनीति असन्तुलन आदि मुख्य कारक रहेको बताइन्छ ।

कतिपय डिप्रेशनका विरामीहरुलाई निन्द्रा नपर्ने हुन्छ । डिप्रेशनका विरामीहरु आत्तिनेखालका सपनाहरु देख्छन् । धेरै डिप्रेशनका विरामीहरु आफूलाई असफल ठान्छन्, धेरै डिप्रेशनका विरामीहरु निरासावादी हुन्छन् । कतिपयले यौन क्रियाकलापमा समेत कमी भएको महसुस गर्छन ।

डिप्रेशनका करणहरु
अनुसन्धानकर्ताकाअनुसार डिप्रेशनको स्पष्ट कारण अहिले पनि पहिचान हुन सकेको छैन। डिप्रेशन धेरै कारणले हुनसक्छ । जस्तैः

  •  मस्तिस्कमा न्युरोटान्समिटर ले सहि ढंगले काम नगरेमा : मानसिको मस्तिस्कमा न्युरोटान्समिटर विशेष रुपमा सेरोटोनिन, डोपामाइन, यानोर एपिइनेफ्रइने खुशी र आनन्दको अनुभव प्रदान गर्दछ । यदि यि नेउरोटन्समिटरको असन्तुलन भयो भने डिप्रेशन हुनसक्छ ।
  •  धेरै चिन्ता अथवा तनाव : धेरै चिन्ता वा तनावले पनि शरीरमा हर्मोन लेभल बढदै जान्छ ः जस्तै अड्रीनालिन्, कोट्रीसोल जसको कारणले डिप्रेशन गराँउछ ।
  •  कार्यव्यस्तता वा धेरै मात्रामा रक्सी चुरोट सेवन गरेमा पनि डिप्रेशन बढाउन मद्धत पुग्छ ।
  •  कम आत्मसम्मान, आर्थिक भार र निराशावादी भएमा डिप्रेसन हुनसक्छ।
  •  कठिन सम्वन्ध वा शारीरिक यौन शोषण भएमा पनि डिप्रेशन हुनसक्छ ।
  •  खराब बाल्यकाल, सामाजिक बहिस्कार बढदै जाँदा पनि डिप्रेशन हुनसक्छ ।
  • आनुवंशिक अथवा मौसम परिवर्तन भएमा पनि डिप्रेशन हुनसक्छ ।
  •  दीर्घरोगहरु मधुमेह, मिर्गौला जस्ता रोगका कारण पनि डिप्रेशनमा बढोत्तरी हुनसक्छ ।
  •  आकस्मिक वा अस्वभाविक घटनाक्रम जस्तै नजिकको मान्छे एक्कासी मर्नु , हानी नोक्सानी हुनु
  • गर्भवस्थामा संक्रमण भएर मस्तिष्ककोवृद्धि रोकिन गएमा डिप्रेशन हुनसक्छ।
  • समाजबाट टाढा रहनाले, बसाइ सर्नाले डिप्रेशन हुनसक्छ।

डिप्रेसनका तथ्यहरु

  • पुरुष भन्दा महिला २ गुना बढीले डिप्रेसनको शिकार हुन्छन। महिलामा डिप्रेसन बढी हुने खास कारण थाहा भएको छैन तर सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले र महिलामा एस्ट्रोजेन हर्मोन उत्पादनमा हुने भएकोले गर्दा यसले न्युरो टान्समिटर उत्पादनमा तल माथि ल्याउने भएकोले डिप्रेसन रोग बढी लागेको भन्ने अनुमान छ।
  • डिप्रेसन भएका व्यक्तिले ३- ४ गुणा धेरै सपना देख्छन।
  • डिप्रेसन भएका व्यक्ति  छिटो बुढो देखिन्छन।
  • रक्सी र लागू पदार्थ खाने व्यक्तिमा डोपमिने र सेरोटोनिनको उत्पादनमा गडबडी  हुने भएकोले गर्दा डिप्रेशनका  हुने देखिन्छ।
  • बढी इन्टरनेट प्रयोगकर्तामा मानसिक डिप्रेशन देखिन्छ।
  • डिप्रेशन भएका व्यक्ती सर्दीबाट पिडित भएको देखिन्छ
  • रै समयसम्म औषधी प्र्योगकर्तामा डिप्रेशन देखिन्छ जस्तै:  कोर्टिकोस्टेरोइड्, ब्रन्कोडाइलेटर् , कोन्ट्रासेप्टिक्, अन्टीकेन्सर आदी

डिप्रेशनका प्रकारहरु :

  • न्युरोटिक डिप्रेसन:  यस्ता बिरामीहरु मलाई कस्तो रोग लाग्यो भनि चिन्ता गर्छन।
  • साइकोटिक डिप्रेसन: यस्ता बिरामीहरु अरु मानिस देखि संका गर्ने गर्छन।
  • सेनाइल डिप्रेसन:  बुढेसकालमा देखिने डिप्रेसनलाइ सेनाईल डिप्रेसन भनिन्छ।यस्ता बिरामीहरु प्राय: आत्महत्या गर्ने डर हुन्छ।एक्लै बोल्ने, एक्लै हाँस्ने पनि गर्न सक्छन्।
  • डिप्रेसन स्टूपर:  यस्ता बिरामी अत्यन्त नचली नवोलि बस्छन्, कोहि बिरामीहरु त्यसरी बस्दाआँखामाआँसु बगाइ रहन्छन्।
  • एजिटेटेड डिप्रेसन:  यस्ता बिरामीहरुअत्यन्त छटपट गर्छन्। एक ठाउँमा बस्न सक्दैनन्। आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन्।
  • रेटार्डेड डिप्रेसन:  यस्ता बिरामीहरु बहूत कम बोल्छन् टोलाउने गर्छन्।
  • बच्चामा देखिने डिप्रेसन: बच्चामा दखिने डिप्रेसन केहि फरक हुन्छ। पेटदुख्ने, टाउकोदुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण लिई यस्ता बिरामी आउछन्।
  • बयस्कमा पाईने डिप्रेसन: यस्ता बिरामीहरु अनेक शारिरिक लक्षण लिइ पटक पटक डाक्टर कहाँ धाउछन्।
  • जाडो महिनामा पाईने डिप्रेसन : केहि डिप्रेसन जाडो महिनामा मात्र देखापर्छ।यस्तो डिप्रेसनलाई जाडो महिनामा पाउने डिप्रेसन भनिन्छ।रात लामो हुनाले मेलाटोनिन (Melatonin) भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ।
  • छोपिएको डिप्रेसन(Masked Depression): यस्ता बिरामी बाहिरी रुपमा खुशी देखिन्छन् ।र जब बिरामीकोबारे हामी जानकारी लिन्छौ तव बिरामी रुने गर्छन।
  • दोहोरिएको डिप्रेसन(Recurrent Depression): करिव ५०% बिरामीहरुमा डिप्रेसन रोग दोहोरिने सम्भावना रहन्छ।औषधी छुटाउने, बिरामीको घरायसि वातावरण राम्रो नहुनाले र कहिलेकाहीऔंषधी सेवन गर्दा गदै पनि यस्तो हुन्छ।

डिप्रेसनको लक्षणहरु :

मनोविज्ञानिक लक्षण :

  • निरन्तर चिंता हुने स्वस्थको विषयमा चिंता हुने
  • नकारात्मक विचार आउनु भ्रामक विचार  आउनु  काममा मन नलग्नु स्वभाव चिड़चिड़ा हुने
  • रुन मन लाग्ने निराशा हुने एक्लै वस्न रुचाउने  झर्को लाग्ने, दिक्क मान्ने बोल्न मन नलाग्ने
  • आत्मग्लानी हुने भूत, वर्तमान र भविष्य बारे नकारात्मक सोचाई रहने
  •  मनःस्थिति बदली राख्ने

शारीरिक लक्षण :

  • मन कमजोर हुने । डर लाग्ने , काप्ने
  • खानामा रुचि नहुने
  • उल्टी आउला जस्तो हुने
  • श्वास प्रस्वास कमजोर भएको महसुस हुने चक्कर आउँने
  • मांसपेशी दुख्ने मुटुको धडकन बढी हुने
  • शरीर काप्ने पसिना आउँने
  • व्लड प्रेशर कम ज्यादा हुने थकाई लाग्ने ।
  • छटपटी हुने, छाती दुख्ने पेट दुख्ने हात खुट्टा झमझम गर्ने, पैतला पोल्ने तालु पोल्ने, मुखसुक्ने।
  •  शारीरिक सम्पर्क गर्न रुचि नहुने

डिप्रेसनको उपचार :

जसरी डिप्रेशनको लक्षण अलग अलग हुन्छन्। त्यसरी नै यसको उपचार अलग अलग हुने गरेको देखिन्छ । जो उपचारमा एक व्यक्तिका लागि काम गरेपनि अर्को व्यक्तिको लागि काम नगर्न सक्छ । डिप्रेशनबाट टाढा रहनका लागि । एन्टिडिप्रेसेन्ट औषधी, साइकोथेरापि अथवा बिहेबीयरलथेरापि गरेमा बिस्तारै निको हुँदै जान्छ।

डिप्रेसनबाट बचाउने खानाहरु :

ओमेगा-३ फएटी एसिड्,  ट्र्प्टोफेन, फोलिक एसिड्, पाहिने चिजहरु जस्तै (अण्डा,मासु,माछा,बदम्, काजु, नारीवोल, हल्दी,फलफुल र सागपात ) खाएमा सेरोटोनिन स्तर बढाउछ र तनाब कम गराउछ ।

डिप्रेसनमा खाना नहुने चिजहरु :

सबै प्रकारका फास्टफुडहरु, रिफाइन कारबोह्य्ड्रड्, आर्टिफिसियल स्वीटिनर्, केफ्फेन्, निकोटिन्, अदीले डिप्रेसनको स्थिती खराब पर्छन।

व्यायम : व्यायम र योगासनले तनाबबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

सोअध्ययन : मानसिक र आध्यात्मिक सम्वन्धी पुस्तक वा उपन्यास पढनाले मनमा सकारात्मक विचार ल्याउँछ र मानसिक तनावबाट टाढा रहन सकिन्छ ।

सङ्गित:  सुमधुर संगीत सुन्नाले खुशी र आनन्द दिन्छ । तर उदासवाला सेन्टिमेन्टल गीत नसुनेको राम्रो । सुमधुर सकारात्मक गीतले तनावबाट मुक्ती दिलाउन मद्धत मिल्छ ।

ग्रीन टि र अमिलो स्वाद भएका फलफुल खाएमा  :  ग्रीन टिमा एल थियनिन एमिनो एसिड हुन्छ । जसले अल्फा ब्रेनवेक्सको उत्पादन गराउँछ । त्यसरी नै अमिलो स्वाद भएका फलफुलले सोरोटोनिन र डोपामिनको उत्पादन बढाउँछ । जसले गर्दा तनाव कम हुन्छ अनि शरीरमा फुर्ति हुन्छ ।

यो जटिल रोगको समाधान गर्नको लागि सरकारले हाम्रो शिक्षा, स्वास्थ्य, परम्परागत मान्यता र आस्थामा परिवतर्न ल्याउनु जरुरीछ।त्यसैगरी सरकारले मानसिक रोग सम्वन्धी जनचेतना फैलाउने र सम्बभ भएसम्म सामुहिक थेरापी नि:शुल्क प्रदान गरेमा यो रोग न्यूनिकरण हुने देखिन्छ ।

# लामिछाने दक्षिण कोरियास्थित वोंनकोङ्ग युनिभर्सिटीबाट बिहेबियरल एवं न्युरो साइन्स विषयमा पीएचडी गर्दैछन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *