डा. भोला रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपालको नयाँ कार्यसमिति गठन

काठमाडौँ, १५ बैशाख ।  बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)को नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार सम्पन्न संस्थाको पहिलो बार्षिक साधारण सभाले डा. रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा डा. उमा श्रीवास्तव, उपाध्यक्षमा डा. ज्ञानेन्द्रमानसिंह कार्की, डा. सानुमैया श्रेष्ठ र  डा. सविना श्रेष्ठ निवार्चित भएका छन् । यस्तै महासचिवमा डा. स्वस्ति शर्मा निर्वाचित भएकी छन् । यसैगरी सह महासचिव पदमा डा. रश्मि श्रीश, कोषाध्यक्ष डा. मीरा थापा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा डा. उषा खाँण, डा. प्रेरणा दाहाल, डा. चेतना श्रेष्ठ, डा. गिरिधर शर्मा निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष डा. रिजालले नेपालमा निसन्तान सेवाको विकासमा अन्तराष्ट्रिय स्तरको उपचार प्रदान गर्नका लागि बातावरण बनाउने र यसका लागि सामुहिक पहल गर्ने समाजको उदेश्य रहेको बताए ।

‘पहिले मेरै नेतृत्वमा तदर्थ समिति थियो । सोही समितिमा अहिले पोखराबाट डा. गिरिधर शर्मा थपिनु भएको छ । र, नयाँ कार्यसमिति सर्वसम्मतीबाट निर्वाचित भयो,’ अध्यक्ष डा. रिजालले भने ।

यो सोसाइटीमा अहिले ४५ जना सदस्य छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *