दाँतको जरा देखिको उपचार (RCT) भनेको के हो ?

– डा. अशाराम यादव

साधारण भाषामा ‘रुट क्यानल ट्रिटमेन्ट (Root Canal Treatment) अर्थात RCT लाई दाँतको जरा देखिको उपचार हो भन्ने बुझिन्छ। यसलाई  इन्डोडोन्टिक्स  ट्रिटमेन्ट  (Endodontics Treatment) पनि भनिन्छ।

रूट क्यानल भनेको दाँतको जराको भित्री खोक्रो भाग हो।

दाँतको दुईटा भाग हुन्छ। एउटा देखिने वा गिजा भन्दा वाहिर जसलाई हामी क्राउन (Crown) र अर्को गिजा भित्रको भाग जसलाई हामी जरा (Root) भन्छौँ ।

क्राउन ( Crown) र जरा (Root) को सबैभन्दा भित्री भागमा पल्प (Pulp) हुन्छ। पल्प भित्र स साना रक्तनली र नशाहरु हुन्छ। जसले दाँतलाई स्वस्थ र धेरै चिसो र तातोको स्पर्शले दाँत दुख्ने गर्छ।

बिरामी अथवा समान्य मानिसको बुझाई र RCT

सामान्यतया कसैको दाँत दुख्दा, के कारणले दुखेको हो र यसको के के उपचार विधिहरू छन भन्दापनि दाँत उखेल्ने भनेर हस्पिटलमा आउनुहुन्छ। तर यो एकदमै गलत धारणा हो।

तसर्थ दाँत दुख्दा दाँत उखेल्नु भन्दा दाँत बचाउने प्रयास गर्नु पर्छ र त्यसको लागि RCT गर्नु पर्छ।

कस्तो अवस्थामा RCT गराउने त ?

RCT गराउनु पर्ने केहि लक्षणहरू:
-खाना चपाउँदा वा दाँत टोक्दा धेरै दुख्ने।
-गिजामा पिपको फोका आउनु।
-दाँत भाँचिएको अवस्थामा।
-चिसो वा तातो खाँदा धेरै बेरसम्म दाँत दुखेमा।
-गिजा सुन्निने वा दुख्नु
– गिजा कालो भएमा।

के RCT गराउँदा दुख्छ त?
RCT गर्दा हामीले बिरामीलाई नदुख्ने औषधि (local anesthesia) लगाउँछौ जसले गर्दा बिरामीलाई दुखाई महसुस हुदैन।

RCT गराउन कति समय लाग्छ ?
– सामान्यतया RCT गर्दा ४/५ पटक सम्म आउनु पर्छ।

– यदि ५-७ दिनको अन्तर गरयो भन्ने एक महिना जति लाग्न सक्छ।

– तर सबै उपकरणहरू उपलब्ध भएको खण्डमा तथा बिरामी र दाँतको अवस्था हेरेर एक दिनमा पनि RCT भ्याउन सकिन्छ जसलाई single visit RCT भनिन्छ।

RCT गराउँदा के – के फाइदाहरू हुन्छ ?

– आफ्नो प्राकृतिक दाँत बचाउन सकिन्छ।
– दाँतको दुखाई हराएर जान्छ।
– अरू छेउ छाउको दाँतलाई बचाउन मद्धत गर्छ।
– पछि नक्कली दाँत राख्नुभन्दा आफ्नै दाँत बचाउनु राम्रो हो।
– Implant र Bridge लगाउनु भन्दा धेरै सस्तो हुन्छ।

RCT गराइसकेपछि के गर्ने?

RCT गराइसकेपछि RCT गरेको दाँतलाई लामो समयसम्म टिकाउन र खानेकुराहरू राम्ररी चपाउनको लागि दाँतको माथिबाट क्याप ( Cap) राखिन्छ जसलाई हामी Crown भन्छौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *