सन्दर्भ : विश्व मधुमेह दिवस

मधुमेहको इतिहास र वर्तमान सन्दर्भ

– शिव श्रेष्ठ

मधुमेह (DIABETES) सम्बन्धि हालसम्म का तथ्यहरूमध्ये इशा पूर्व १५५२ मा इजिप्टको तेस्रो वंशीय शासनकालमा भेटिएको अभिलेखलाई सबैभन्दा पुरानो मानिएको छ ।

उन्नाइसौं शताब्दीको पूर्वाद्धमा पिसाबको परीक्षणबाट मधुमेह रोगको निदान भएको हो । यस रोगको निदान पश्चात् पनि लाखौं मधुमेहीहरूले उपचारको अभावबाट ज्यान गुमाएका थिए ।

सन् १९२२ जनवरी ११ तारिखका दिन मधुमेहबाट थला परेका चौध वर्षीय Leonard Thomson नामक किशोरलाई INSULIN Injection को आविष्कार पश्चात् उपचारको शुभारम्भ गरिएको हो ।

“१४ नाभेम्बर – विश्व मधुमेह दिवस” का दिन संसारभरका मधुमेहीहरूलाई दीर्घ जीवन प्रदान गर्ने महान वैज्ञानिकलाई श्रदापूर्वक सम्मान,स्मरण र भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उनै महान मानव सम्बन्धि केहि चर्चा गर्नु सान्दर्भिक ठान्दछु।

आजभन्दा ठिक १२० वर्ष पहिले १४ नोभेम्बर १८९१ का दिन माता मारगारेत ग्रान्ट र पिता विलियम थम्पसन बान्टिङको पाँच सन्तानमध्ये कान्छो सन्तानको रूपमा FREDERICK (फ्रेडेरिक) को जन्म अलिस्टन, ओन्टारियो, क्यानाडामा भएको हो ।

नामको पछाडी माता र पिताको थर समेत उनको नाम FREDERICK GRANT BANTING (फ्रेडेरिक ग्रान्ट बानटिङ) हुन गएको हो । फ्रेडेरिकले पच्चिस वर्षको उमेरमा सन् १९१६ मा चिकित्सा शास्त्रमा एम्.बि. डिग्री प्राप्त गरे लगतै प्रथम विश्व युद्धका घाइतेहरूको उपचारार्थ चिकित्सकको रूपमा Canadian Army Medical Corps बाट फ्रान्समा सेवारत रहे ।

सन् १९२० मा Toronto University मा उप-प्राध्यापकको रूपमा कार्यरत रहे । फेरि सन् १९२२ मा Gold Medal सहित एम्.डि. डिग्री प्राप्त गरे ।

सन् १९२१ मा सहकर्मी DR. CHARLES BEST समेतको समलग्नतामा डा. फ्रेडेरिकले INSULIN आविष्कार गर्न सफल डि.एस् भए । सन् १९२३ मा Toronto University बाट पुन: सि. डिग्री प्राप्त गरे पश्चात् विश्वका सर्वोकृष्ट Nobel Prize बाट विभुषित हुनको साथै क्यानाडाको संसदबाट वार्षिक आजीवन सातहजार पाँचसय डलर प्राप्त गर्ने सौभाग्य प्राप्त गरे ।

तेतीस वर्षको उमेरमा Marion Robertson नामक युवतीसँग Frederick को विवाह सम्पन्न भयो । उनीहरूको दाम्पत्य जीवनको चीनो स्वरूप एउटा बालकको जन्म पछि सन् १९३२ मा दाम्पत्य जीवन आधिकारिक रूपमा विछोडमा परिनत भयो ।

Frederick को दोस्रो विवाह Henrietta Ball सँग सन् १९३७ मा सम्पन्न भयो । दोस्रो विश्वयुद्धताका British North American Medical Services Liasion Officer को रूपमा उनी आफ्नो सेवा कार्यमा कार्यरत रहँदै गर्दा सन् १९४१ फेब्रुवरी २१ का दिन पचास वर्षको उमेरमा Newfoundland मा भएको त्रासदीपूर्ण विमान दुर्घटनामा INSULIN का आविष्कारक महा नायक Dr. Frederick Grant Banting को दखद निधन भयो ।

संसारभर छरिएका मधमेह रोगसँग सम्बन्धित विभिन्न राष्ट्रिय संघ संस्थाहरू एउटै झण्डामुनी राख्ने उदेश्यले स्थापित महासंघको नाम, INTERNATIONAL DIABETES FEDERATION (IDF) अन्तर्राष्ट्रिय मधुमेह महासंघ हो । यस महासंघ अन्तर्गत १६० भन्दा बढि राष्ट्रिय मधुमेह संघ संस्थाहरू र त्यस मातहतमा २०० वटा भन्दा बढि संघ संस्थाहरू आवद्ध छन् ।

हाल तीव्र रूपमा बढि रहेको मधुमेह रोगीहरूको संख्या र रोग सम्बन्धि भयावह स्थितिलाई ध्यानमा राखी यस महासंघ (IDF) ले कार्य गरिहेका छन् । IDF को पहलमा सन् २००६ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघले DIABETES सम्बन्धि एउटा महत्वपूर्ण प्रस्ताव पारित गरेको छ, जस अनुसार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई मधुमेह रोगको प्रतिकारात्मक, उपचारात्मक तथा यस रोगसँग सम्बन्धित अन्य आवश्यक कार्य निति बनाउन प्रेरित गरेको छ ।

United Nations Organization को Department of Public Health, World Health Organization Public र American Health Organization संग INTERNATIONAL DIABETES FEDERATION आवद्ध छ ।

INTERNATIONAL DIABETES FEDERATION को आव्हानमा सन् १९९१ देखि विश्वभर १४ नोभेम्बरका दिन अन्तर्राष्ट्रिय मधुमेह दिवस (World Diabetes Day) मनाउने गरि आएको छ । सन् २००७ देखि संयुक्त राष्ट्र संघ समलग्न भई आइरहेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच मौलिक मानव अधिकार हो, तर विश्वभरि लाखौं मानिसहरू अझै पनि मधुमेह हेरचाहमा पहुँच गर्न महत्त्वपूर्ण अवरोधहरूको सामना गर्छन्। विश्व मधुमेह दिवस २०२३ को नारा मधुमेह हेरचाहमा पहुँच भन्ने रहेको छ । जो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको ‘एनसीडी फ्ल्यागशिप’सँग मिल्दोजुल्दो छ।

विश्व मधुमेह संघका अनुसार  मधुमेहका कारण विश्वमा प्रत्येक वर्ष ६७ लाख (६.७ मिलियन)  मानिसको मृत्यु हुने गरेको छ ।  प्राप्त तथ्याङ्क अनुसार प्रत्येक दश सेकेण्डमा दुई जनालाई मधुमेह लागेको हुन्छ र प्रत्येक आठ सेकेन्डमा एक जना मधुमेहको कारणबाट मृत्यु हुन्छ । मधुमेह रोगले वृद्ध, युवा, धनी, गरीब, महिला, पुरूषबीच  भेदभाव नगरि सबैलाई आक्रान्त पार्दछ । प्रत्येक वर्ष करिब दश लाख जनाको खुट्टा काट्नु परिरहेको छ । यस भयावह स्थितिलाई समयमै नियन्त्रण गर्न नसकेमा राष्ट्रिय स्वास्थ्य प्रणालीनै मधुमेहमय बन्ने छ ।

मधुमेह रोगको नियन्त्रण, न्यूनिकरण र यस रोग सम्बन्धि जनचेतना फैलाउने उदेश्यले अन्तर्राष्ट्रिय मधुमेह महासंघ (IDF) को दक्षिण पूर्वीय एसिया क्षेत्रको सदस्यमा बंगलादेश, भारत, माल्दिभ्स, मरिसस, नेपाल र श्रीलंका समाविष्ट छन् ।  यस क्षेत्रमा मात्र साढे चार करोड भन्दा वढि भएका मधुमेहीहरू मध्ये ९५ प्रतिशत Type-II वाट आक्रान्त छन् ।

विश्वको कुल मधुमेहीहरूको संख्यामा पञ्चमास यस क्षेत्रमा रहेको छ । सर्वसाधारण जनतामा मधमेह रोग सम्बन्धि चेतना र चासोको कमीले गर्दा विगत सन् २००० मा मधुमेहबाट पीडित रोगीहरूको संख्या विश्वमा १७ करोड १० लाख थिए भने सन् २०२१ को तथ्यांक अनुसार मधुमेहबाट पिडीतको संख्या विश्वभर ५३ करोड ७० लाख पुगेको छ ।

यसरी बढिरहेको रोगीहरूको तथ्याइलाई मनन गर्दा ठूलो संख्यामा विकासोन्मुख देशहरू अग्रस्थानमा देखिन्छन् ।

दक्षिण एसियामा यसको प्रकोप न बढि देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा मधुमेहबाट पीडितहरूको संख्यामा ५ लाख रहेको छ, यो संख्या सन् २०३० सम्ममा १५ लाख पुग्ने अनुमान गरिएको छ ।

#श्रेष्ठ नेपाल मधुमेही समाजका अध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *