सन्दर्भ : विश्व मिर्गौला दिवस

यक्ष प्रश्न : मिर्गौला स्वेच्छिक दान गर्न किन नपाउने ?

– हिमालय तिवारी

आज १४ मार्च अर्थात विश्व मिर्गौला दिवस । सर्वप्रथम विश्व मिर्गौला दिवसको हार्दिक शुभकामना । अन्य मुलुकमा जस्तै आज हामीले पनि दिवस मनाई रहेका छौँ ।

मलाई के लाग्छ भने मिर्गौला जोगाउनका लागि भन्दै गरिने जनचेतनामुलक र्‍याली र प्रवचनले मात्रै अब पुग्दैन । यसका लागि नीगिगत रुपमा लचिलो हुन पनि जरुरी छ ।

किनभने  बिरामीको लागि चाहिने रगत जसको पनि लिन पाइन्छ तर मिर्गौला चाँहि आफ्नो परिवार र नातागोताको मात्रै । यस्तो  किन ? यसलाई पनि स्वेच्छिक दान गर्न मिल्ने नियम बनाउन सकिदैन ?

बास्तवमा मिर्गौला स्वेच्छिक दान गर्न पाउनु पर्ने नियम बनाउन जरुरी छ ।

किनभने हामी सबैलाई थाहा छ स्वस्थ मान्छेले आफ्नो शरीरमा भएको दुई मिर्गौला मध्ये एक दान गर्दा शरीरलाई कुनै हानी हुँदैन ।

मिर्गौला दान गर्दा पनि व्यक्ति स्वस्थ जीवन जिउन सक्छ भने मिर्गौला दान गर्ने परिपाटीलाई किन साघुँरो घेरामा खुम्च्याउने ? ईच्छा भएकाहरुले दान गर्न किन नपाउने ? हो यसलाई धन्दाको रुपमा वा किनबेचको काम हुनु दिनु भएन । यसका लागि राज्य संयन्त्रले विशेष निगरानी गर्नु पर्दछ ।

मलाई लाग्छ यसो गर्न सकियो भने धेरै मानिसको जीवन जोगाउन सकिन्छ ।

आज विश्व मिर्गौला दिवस मनाई रहँदा एक पटक गम्भीर भएर यस तर्फ पनि सोचौँ है ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *