भक्तपुर अस्पतालको सेवा नयाँ भवनबाट

भक्तपुर, १८ वैशाख । भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ ।

वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरिएको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् ।

पुरानो भवन निकै साँघुरो भएपछि चार तले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा आएको छ ।

त्यसमाथि शल्यक्रियासहितको अत्याधुनिक प्रसूति वार्ड, १७ शय्याको भेन्टिलेटरसहितको आइसियू, ९सघन उपचार कक्ष०, तीन मोडुलर शल्यक्रिया कक्ष ९ओटी०लगायतका सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन् ।

दैनिक आठ सयभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको अस्पतालले भवन अभावका कारण प्रशासन र ओपिडी सेवा भने पुरानै भवनबाट सञ्चालन गरिरहेको छ ।

अस्पतालका निर्देशक डा गौतमले भनिन्, “नयाँ भवन सञ्चालनमा ल्याएको छौँ, भवन अभाव कायमै छ, भवन अभाव हुँदा २०७२ को भूकम्पमा नयाँ निर्माण गर्नुपर्छ भनेर प्राविधिकले भनेको पुरानै भवनमा अहिले पनि प्रशासन, मेडिकल वार्ड र ओपिडी सेवा सञ्चालन गरिरहेका छौँ, यो भवन पनि तत्काल निर्माण गर्नु आवश्यक छ ।”

ठेकेदारको लापरबाहीले गर्दा विदेशी दाताले बनाइदिने भनेर बजेट विनियोजन गरिसकेको पुरानो भवन निर्माण अन्योलमा परेको छ ।

अस्पतालको नयाँ भवन निर्माण र पुरानो भवन पुनः निर्माणका लागि भन्दै बेलायत सरकारको करिब रु ३४ करोड सहयोगमा १५ अक्टुबर २०२२ सम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने गरी भवन विभागले ठेक्का लगाएको नयाँ भवन निर्माण करिब दुई वर्ष ढिलाइ गर्दा पुरानो भवन पुनःनिर्माण अन्योलमा परेको छ ।

करिब रु २० करोडको लागतमा नयाँ भवन निर्माण सम्पन्न भए पनि बाँकी बजेट पुरानो भवन पुनःनिर्माणका लागि भनिए पनि नयाँ भवन निर्माणमा ठेकेदारले ढिलाइ गर्दा पुरानो भवन पुन निर्माण हुनेमा अनिश्चितता छाएको छ ।

भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तर वृद्धि गर्दै तीन सय शय्यामा विस्तार गर्ने घोषणा गरेसँगै नयाँ थप शय्या सञ्चालनको समेत तयारी गरेर नयाँ भवनमा सेवा विस्तार गरेको निर्देशक डा गौतमले जानकारी दिइन् ।

अस्पतालको थप स्तर वृद्धि गर्दै शय्या विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा रु आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकिएको छ ।

अस्पतालले रेक्टोफिटिङ गरेको भवनमा भने २५ शय्याको एसडियुसहितको बच्चाको वार्ड, एनआईसियू, प्रसूति वार्ड र शल्यक्रिया गरेका बिरामीको ‘पोष्ट अफ’ सञ्चालनमा ल्याएको छ ।

रिफर सेन्टरका रूपमा परिणत हुँदै बिरामीको चाप आधा घटिसकेको यस अस्पतालमा डा गौतम निर्देशक भएर आएलगत्तै सेवा विस्तार तथा गुणस्तरीय सेवा सञ्चालनमा आउन थालेपछि दैनिक आठ सय बिरामीको चाप पुगेको छ । प

न्ध्र शय्याबाट सेवा सुरु भई ७५ शय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई यसअघि पनि कोरोना महामारी कालमा तत्कालीन मेसु डा गौतमकै नेतृत्वमा सरकारले भेन्टिलेटरसहितको १५ शय्याको आइसीयूसहित एक सय ८६ शय्यामा सेवा सञ्चालन गरी महामारीमा बिरामीको सेवा गरेको थियो ।

अस्पतालले अब भक्तपुरका बिरामीलाई यहीँबाट मुटु रोग र नशा रोगसम्बन्धी उपचारसहितको सेवा दिन न्यूरो तथा मुटु रोगको उपचार सेवा विस्तार गर्ने तयारी गरेको छ ।

यसै आर्थिक वर्षभित्र प्रदेश सरकारको सहयोगमा पाँच शय्याको डायलोसिस सेवासमेत अस्पतालले सुरु गर्न लागिएको निर्देशक डा गौतमले जानकारी दिइन् ।

हाल पनि मुटु र न्यूरो सेवाका लागि अस्पतालले पेइङ क्लिनिक भने सञ्चालन भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *