धूमपानलाई निरुत्साहित गर्न न्यूनतम उमेर बर्षेनी बढाउँदै सिंगापुर

सिंगापुर, २३ कात्तिक । सिंगापुर सरकारले धूमपान गर्न न्युनतम उमेर १९ बर्ष तोकेको छ । यद्धपी सो नियम आगामी १ जनवरी २०१९ देखि लागू हुनेछ ।

सूर्तिजन्य पदार्थको विक्री तथा प्रबद्र्धन नियन्त्रण सम्वन्धी ऐन संसोधन सम्वन्धी प्रस्ताव गत मंगलबारको संसदबाट पारित भएपछि प्रयोगकर्ताका लागि उमेरहद बढाइएको हो ।

संसोधित ऐनले सन् २०२० र २०२१ मा समेत उमेर हद एक एक बर्षका दरले बढ्ने व्यवस्था गरेको छ । सो अनुसार सन् २०२१ देखि सिंगापुरमा २१ बर्ष मुनिकाले धूमपान गर्न पाउने छैनन् । सिंगापुरमा अहिले १८ बर्ष पुगेकाले मात्र धूमपान गर्न पाउने नियम छ ।

संसोधित ऐनले इ- सिगरेट, इ- सिगार, इ -पाइप, जस्ता सूर्तिजन्य पदार्थको सेवन तथा खरीद विक्रीमा समेत सोही उमेर हद लाग्ने व्यवस्था गरेको छ ।

संसदका स्वास्थ्य हेर्ने  सचिव एमरिन अमिन भन्छन्, ‘युवावर्गलाई सूर्तिजन्य पदार्थको प्रयोग गर्न निरुत्साहित पार्ने उदेश्यले यस्तो नियम ल्याइएको हो ।’

तथ्यांकका अनुसार सन् १९९० मा धूमपान गर्नेको संख्या १८ प्रतिशत थियो भने गतवर्षको सर्भेले १२ देखि १४ प्रतिशतमा आएको देखाएको छ । यो संख्या अझ घटाउन सकिने एमिनले बताए ।

सिंगापुरमा २३ प्रतिशत पुरुषले धूमपान गर्छन भने यो संख्या अष्ट्रेलिया र अमेरिकामा क्रमश १४.५ प्रतिशत र १५.६ प्रतिशत छ । यस्तै सिंगापुरमा धूमपान गर्नेमध्ये करीब ९५ प्रतिशतले २१ बर्ष नपुग्दै धूमपान शुरु गर्ने गरेको विभिन्न सर्भेक्षणले देखाएको छ । यस्तै कुल सेवनकर्ता मध्ये ४५ प्रतिशतले १८ देखि २१ बर्षको बीचमा धूमपानको लत बसेको बताउने गरेका थिए ।

एमिनले १८ देखि २१ बर्षको उमेरका व्यक्तिहरुको मस्तिस्कमा धूमपानको प्रभाव बढी पर्ने हुँदा यतिखेर धूमपान शुरु गर्नेहरुले पछि यो लत छोड्न गाह्रो हुने भएकोले यस्तो नियम ल्याइएको बताए ।

पारित गरिएको नयाँ नियमको प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्य मन्त्रालय, भन्सार तथा अन्य स्वास्थ्य सम्वन्धी संस्थाहरुसंग मिलेर कार्य गर्ने जनाइएको छ । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *