विषाक्त खानाका कारण भारतमा १७० बालबालिका विरामी

नयाँदिल्ली, ३१ भदौ । भारतको पूर्वी उडिसा राज्यका तीन ओटा विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका विरामी भएका छन् ।

झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार विहानै अस्वस्थ महुशष गरेका थिए ।

विहानको खाजा खाने वित्तिकै उनीहरू विरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडी परिएका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका थिए ।

विहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएका छन्, एक जना सरकारी अधिकारीले भने । उनले थपे “विरामी भएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।”स्थानीय सञ्चार माध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन् ।

गत चौविस घण्टाको अवधिमा विषाक्त खानाका कारण विरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
बिहीबार मात्रै कालाहान्डी र गाजापाटी जिल्लामा दिउसोको खाना खाएपछि १२० जना भन्दा बढी विद्यार्थी विरामी भएका थिए ।

“उक्त विद्यालयका विरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ,” एक जना सरकारी अधिकारीले भने ।
विगत केही बर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । भोकमरी र कुपोषण न्युननिकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो ।

गत सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा विरामी भएका मध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *