एघारौँ तहमा बढुवा हुन तीन नर्सलाई अवसर, एक जना मात्रै सिफारिस

काठमाडौं, २३ जेठ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले एघारौं तहमा एक जना नर्सलाई बढुवाका लागि सिफारिस गरेको छ । एघारौं तहको प्रमुख अस्पताल नर्सिङ प्रशासक पदमा तीनवटा दरबन्दी खाली भएपनि एक जनालाई मात्रै सिफारिस गरेको हो ।

सिफारिस हुनेमा प्रमिला देवान तेम्बे रहेकी छन् । लोकसेवा आयोगको गत असोज २६ को सूचना अनुसार दरखास्त परेका उम्मेदवार मध्ये सोमबार बसेको बढुवा समितिको बैठकले देवानलाई बढुवा गर्ने निर्णय गरेको हो ।

सोमबारकै बैठकले एघारौँ तहको प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट पदमा डा प्रभाकर कुमारलाई समेत बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *