छ महिने करारका लागि पाँच महिना अघि सुरु गरिएको पदपूर्ति प्रक्रियाले अब पूर्णता पाउँदै

भक्तपुर क्यान्सर अस्पतालद्धारा गत मंसिरमा स्थगित पदपूर्ति कार्यक्रम पुन: सूचारु

काठमाडौँ, ३ बैशाख । छ महिने करारमा पदपूर्ति गर्न पाँच महिना अघि दरखास्त आव्हान गरेपछि रोकिएको भक्तपुर क्यान्सर अस्पतालको सो प्रक्रिया अब भने टुंगोमा पुग्ने देखिएको छ ।

अस्पतालले एक साताको म्याद जारी गर्दै ती पदहरुमा पुन: दरखास्त आव्हान गरेको छ ।

मागिएका पदहरुमा मेडिकल अफिसर २ जना, स्टाफ नर्स ४ जना, फार्मेसी सहायक ३ जना र रिसेस्सनिष्ट २ जना गरी कुल ११ जना रहेका छन् ।

त्यसबेला भएको के थियो ?
तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले नियुक्त गरेका निमित्त निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले गत ४ मंसिरमा १५ दिनको अवधी तोकेर दरखास्त आव्हानको विज्ञापन प्रकाशित गरेका थिए । उनले एक साता पछि नै अर्को सूचना जारी गर्दै दरखास्तको अवधी २१ दिन पुरयाएका थिए । तर, विज्ञापन गर्दा उनले न अर्थ मन्त्रालयसंग सैद्धान्तिक सहमति लिए, न अस्पताल व्यवस्थापन समितिसंग सल्लाह गरे ।

त्यसपछि मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह अध्यक्ष रहेको व्यवस्पन समितिले पदपूर्तिको प्रक्रिया नमिलेको भन्दै अर्को सूचना नआउँदासम्मको लागि स्थगित गर्नु भन्दै निर्देशन दिएको थियो । त्यसपछि अस्पतालले १८ मंसिरमा स्थगित गरेको थियो ।

आज फेरी अस्पतालले त्यसबेला स्थगित भएको पदपूर्तिसम्वन्धी प्रक्रियालाई अघि बढाउने भन्दै सूचना जारी गरेको छ । पद उही, अवधी उही नै छ । यसमा पहिले दरखास्त दिएकाहरुले पुन: दरखास्त दिन नपर्ने भनिएको छ ।

तर,  नयाँहरुका लागि एक साता भित्र दरखास्त फारम भर्न सकिने बताइएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *