स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ योगदान गर्नेहरुलाई एक लाख डलरको अन्तर्राष्ट्रिय पुरस्कार जित्ने अवसर

काठमाडौँ, २८ चैत । चिकित्सा तथा सार्वजनिक स्वास्थ्य अथवा सामाजिक सेवाको शोधकार्यमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई एक लाख डलर राशीको अन्तर्राष्ट्रिय पुरस्कार जित्ने अवसर आएको छ ।

थाईल्याण्डको राजपरिवारको सदस्यको नाममा स्थापित द प्रिन्स महिडोल फाउन्डेशनले द प्रिन्स महिडोल अवार्ड २०२४ का लागि दरखास्त आव्हान गरेको छ ।

पुरस्कारका लागि दरखास्त दिन थाई परराष्ट्र मन्त्रालयले नेपाली दुतावास मार्फत नेपाली व्यक्ति तथा संस्थासम्म सूचना पुरयाइदिन आग्रह गरेको छ ।

सोही आग्रह अनुसार परराष्ट्र मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई त्यसबारेमा जानकारी गराएको छ ।

स्वास्थ्यले पनि आज सूचना प्रकाशित गरी चिकित्सा तथा सार्वजनिक स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा शोधकार्य तथा उल्लेखनीय योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई नियमानुसार अनलाइन फारम भरी मनोनयन गर्न भनेको छ ।

फाउन्डेशनले यो अन्तराष्ट्रिय पुरस्कारका लागि विश्वभरबाट दरखास्त आव्हान गर्ने गरेको छ । फाउन्डेशनले ३१ मे २०२४ भित्र मनोनयन गरिसक्ने गरी समय सिमा तोकेको छ ।

गतवर्ष यो अवार्डका लागि ३१ देशबाट ९२ जना मनोनयनमा परेका थिए । त्यसमध्ये चिकित्सा तर्फको अवार्ड प्राडा नेपोलियन फेरारा इटाली र जनस्वास्थ्य तर्फको अवार्ड प्राडा व्यारी एच रुम्याक अमेरिकाले प्राप्त गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *