सशस्त्र प्रहरीमा चिकित्सक, स्टाफ नर्स देखि रेडियोग्राफर सम्मलाई स्थायी जागिरको अवसर

काठमाडौँ, १८ फागुन । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको प्राविधिक समूह (स्वास्थ्य) तर्फका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ ।

सशस्त्रको मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय काठमाडौँका अनुसार प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्रविधिक सशस्त्र प्रहरी निरीक्षक (बीडीएस) ३ जना, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ५ जनाका लागि दरखास्त आव्हान भएको छ ।

यस्तै सशस्त्र प्रहरी नायव निरीक्षक (ल्याव टेक्निसियन) २ जना, सशस्त्र प्रहरी नायव निरीक्षक (फिजियोथेरापिष्टं १ जना र सशस्त्र प्रहरी नायव निरीक्षक (रेडियोग्राफर) २ जनाका लागि पनि दरखास्त आव्हान भएको छ ।

सशस्त्रले योग्यता पुगेका व्यक्तिले आज देखि आगामी १८ चैतसम्ममा दरखास्त दिन सक्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *