प्रत्यारोपण केन्द्रमा ३ डाक्टर १७ जना स्टाफ नर्स सहित २३ पदमा रोजगारीको अवसर

काठमाडौँ, १६ माघ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूलाई आवश्यक भएको भन्दै डाक्टर नर्स, फार्मासिस्ट लगायतका केही पदहरुमा करार सेवामा पदपूर्ति गर्ने भएको छ ।

केन्द्रले आज सूचना प्रकाशित गरी रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १ जना, मेडिकल अधिकृत २ जना, स्टाफ नर्स १७ जना, असिस्टेन्ट फर्मासिस्ट २ जना र आइटी प्राविधिक १ गरी कुल २३ जनाका लागि पदपूर्ति गर्न लागेको हो ।

केन्द्रले योग्यता पुगेका व्यक्तिले २१ दिन भित्र दरखास्त हाल्न सक्ने जनाएको छ ।

हेर्नुहोस् सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *