यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या दुई सय नौ पुग्यो : युनिसेफ

साना, ३ जेठ । यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २०९ पुगेको छ भने झन्डै १७ हजार २०० व्यक्ति हैजाका कारण बिरामी परेको संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बुधबार जनाएको छ ।

युनिसेफको यमनस्थित नियोगले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावहका रुपमा फैलिएकोे बताएको छ ।

युनिसेफका यमनी कार्यालयका प्रवक्ता मोहम्मद अल असादीले एएफपीलाई दिएको जानकारी अनुसार यहाँ दैनिक करिब तीन हजार व्यक्तिमा हैजाका शङ्कास्पद बिरामी फेलापर्ने गरेका छन् ।

यसअघि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सोमबार दिएको जानकारीमा अप्रिल २७ देखि आइतबारसम्म १८४ जनाको मृत्यु भएको र करिब ११ हजार व्यक्ति उक्त रोगको प्रकोपबाट पीडित भएको जनाएको थियो ।

हैजा पानी र खानाबाट सर्नसक्ने घातक रोग भएकाले समयमा उपचार नभएमा ज्यानै लिने खोजिम रहन्छ ।

सानामा पछिल्लो समय युनिसेफ, आईसीआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लगायतका अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले हैजाको प्रकोप नियन्त्रणका लागि यहाँको सरकार र स्वास्थ्य सङ्घसंस्थालाई सघाउँदै आएका छन् ।

हैजाको प्रकोपका कारण दैनिक दर्जनौँ व्यक्तिको मृत्यु हुन थालेपछि र रोगले स्थानीय बस्तीहरुमा व्यापक सङ्क्रमण भेटिएपछि सरकारले सङ्कटकालको घोषणा गरी नियन्त्रण प्रयासलाई थप सशक्त पारेको छ ।

यमनमा सन् २०१७ मा हैजाको प्रकोप दोस्रोपटक देखिएको छ । यमनको द्वन्द्वका कारण स्थानीय स्वास्थ्य सङ्घसंस्था तथा अस्पतालहरुमा समेत आक्रमण भई प्रायजसो संरचना भत्केकाले बिरामीहरुलाई उपचार गर्ने उचित स्थानको समस्या रहने गरेको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *