कोरोना संक्रमण

त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरेको ४५ दिनको शिशुमा कोरोना संक्रमण

काठमाडौँ, १६ असार । त्रिवि शिक्षण अस्पतालमा सोमबार शल्यक्रिया गरेको ४५ दिनको शिशुमा कोरोना संक्रमण देखिएको छ । शल्यक्रिया गर्नु अघि संकलन गरेको थ्रोट स्वावको शिक्षण अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक प्राडा शान्तकुमार दासले बताए ।

दैलेखमा पिसिआर मेशिन, तीन दिनभित्र परीक्षण शुरु हुँदै

दैलेख, ६ असार । पिसिआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित यहाँ पिसिआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो ।

गण्डकी प्रदेशका ४ जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण

पोखरा, ३० जेठ । गण्डकी प्रदेशका ४ जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार (आज) विहान ६:१५ बजे गराएको नियमित कोरोना अपडेटमा पर्वत, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीमा गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

ह्याम्स अस्पतालमा उपचाररत दुई जनामा बिरामीमा कोरोना संक्रमण

काठमाडौँ, २३ जेठ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना अपडेटका क्रममा कोरोना संक्रमितहरुमध्ये ६० र ७६ बर्षका दुई जना विरामी काठमाडौँको एक निजी अस्पतालमा उपचाररत भएको बताएका थिए ।

पाल्पा, रुपन्देही र कपिलवस्तुमा गरी थप ८८ जनामा कोरोना संक्रमण

बुटवल, २० जेठ । पाल्पा, रुपन्देही र कपिलवस्तुमा गरी थप ८८ जनाका कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको मंगलबार साँझ आएको रिपोर्टपछि संक्रमित थपिएका हुन् ।

जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ, १७ जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले २० जेठपछि सकिदै गरेको लकडाउनलाई थप १२ दिन लम्व्याउने निर्णय गरेको हो ।

काठमाडौँमा ३०० शैय्याको छुट्टै सरुवा रोग अस्पताल, प्रदेशमा ५० शैय्याका

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक बर्ष भित्र काठमाडौँ उपत्यकामा ३०० शैय्याको छुट्टै सरुवा रोग अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ । यस्तै सातवटै प्रदेशमा ५० शैय्याका त्यस्तै अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।