पाल्पा, रुपन्देही र कपिलवस्तुमा गरी थप ८८ जनामा कोरोना संक्रमण

बुटवल, २० जेठ । पाल्पा, रुपन्देही र कपिलवस्तुमा गरी थप ८८ जनाका कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको मंगलबार साँझ आएको रिपोर्टपछि संक्रमित थपिएका हुन् ।

मंगलबार बेलुका साढे ६ बजे आएको रिपोर्टमा पाल्पामा थप २ जनामा संक्रमण देखिएको छ । यस्तै रुपन्देहीमा २६ जना र कपिलवस्तुमा ६० जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले बताए उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा एकै दिन यति धेरै पोजेटिभ केश आएको यो पहिलो पटक घटनाभएको समेत जानकारी दिए ।

अपरान्ह सवा ४ बजे स्वास्थ्य मन्त्रालयले गरेको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले पछिल्लो चौविस घण्टाको कम्पाइल रिपोर्ट प्रस्तुत गर्दै २८८ जना नयाँ संक्रमित थपिएको बताउँदै कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साँझ आएको थप रिपोर्टपछि अब कुल संक्रमितको संख्या २ हजार १८७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *