रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण


रौतहट, १६ जेठ । रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

सबै संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *